शान्ति सुरक्षा कायम गराउन कटिबद्ध छौँ : डिएसपी कार्की

जुम्ला : जुम्लाका प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले शान्ति सुरक्षा कायम गर्न कटिबद्ध रहेको बताए । उनले पत्रकार भेटघाट कार्यक्रमा यस्तो बताएका हुन । शान्ति–सुरक्षाका लागि प्रहरी प्रशासनको भूमिका अग्रणी रहेको बताउदै जुम्लाकोसमसामयिक बिषयका बारेमा सुझाव संकलन गरेका छन । उनले जुम्लाको शान्ति सुरक्षाको अवस्था राम्रो ,सबल छ र सुदृढ बनाउनका लागी सबै संग समन्वय गर्ने बताए । उनले भने,” समाजमा शान्ति सुरक्षा कायम गर्ने र घटित अपराधको अनुसन्धान गर्ने आफ्नो पहिलो लक्षय रहेको छ । अपराधिक गतिविधि बाहिर देखिन्छ त्यो हामीले देखेकै छौँ ।

त्यो नियन्त्रण गर्ने न्यूनीकरण गर्ने त्यो घटित अपराधहरूको अनुसन्धान गर्ने प्रहरीको जिम्मेवारी हो । जुम्लामा भखर्रै जुम्लामा आउनु भएका प्रहरी नायव उपरीक्षक कार्कीले सुरक्षालाई चुस्त दुरुस्त बनाउनका लागि मुख्यत सामाजिक अपराध न्यूनीकरण गर्नु पर्ने बताए । उनले यसको लागी प्रहरीले सचेतना कार्यक्रमहरू सञ्चालन गर्दैआएको बताउर्दै यसलाई थप जोड दिने बताए । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विविध किसिमका सामाजिक अपराध न्यूनीकरणका लागि मान्छेहरूलाई सचेत गराउने काम प्रहरीले यसअघि पनि गर्दै आएको छ ।

उनका अनुसार नागरिक सुरक्षा त प्रहरीको प्रमुख दायित्व हो । यो दायित्व पूरा गरिसकेपछि पनि अन्य सामाजिक कुराहरूमा पनि प्रहरीको सहभागिता हुनु पर्ने जुम्लाका पत्रकारहरुले बताएका छन । जुम्लाका क्रियाशिल पत्रकारहरुले जुम्लामा बढ्दोक्रममा रहेको लागु औषध ,बालविवाह , बहुविवाह चोरी ,जस्ता गतिबिधिको बारेमा प्रहरीको ध्यानाकर्षण गराएका छन ।

 


त्यस्तै जुम्लाका प्रहरी निरिक्षक तथा सुचना अधिकारीले धर्माराज जोसीले हामीसँग भएको स्रोतको अधिकतम उपयोग गरेर शान्ति सुरक्षा कायम गर्नका लागि सक्षम रहेको बताए । प्रहरीको जनशित्ति थोरै रहेको छ । उनले भने जुम्लामा अरु निकार्यको भौतिक संरचनाहरु राम्रो भएपनि प्रहरीको भौतीक संञ्चनाको अबस्था नाजुक छ । तर पनि प्रहरीले अपराध न्यूनीकरणका लागि सक्रिय रुपमा लागी परेको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय जुम्लाले गरेको पत्रकार भेटघाटकार्यक्रमा हिंसा, मानव बेचबिखन , ट्रफिक नियम र लैङ्गिक विभेद जस्ता समस्याका बिषय उठान भएका छन ।

 

 

सम्बन्धित समाचार