जुम्ला । संघियता पछिको सबै भन्दा नजिकको सरकार वडा सरकार हो । एक वडामा ४सदस्य र वडाध्यक्ष गरी ५ जना जनप्रतिनिधि हुने ब्यवस्था छ ।वडाध्यक्षको जिम्मेवारी वडा भित्रका नागरिकलाइ पर्ने पीरमर्का र गुनासो सुन्ने, पीडितका पक्षमा सिफारिस लेख्ने हुन्छ ।
कुनै ब्यक्तिले वडामा बहुविवाह गरे खण्डमा दोषिलाई कारबाही र पीडितलाई न्याय दिनु पर्छ । बहुविवाह गरेमा वडामा दर्तासमेत हुँदैन ।बहुविवाह गरेमा स्वतः रद्द हुने कानुनी व्यवस्था समेत छ । तर जुम्लाका जनताको पक्षमा काम गरिदिनुपर्ने व्यक्ति नै पीडक बनेका छन । उनिहुन तातोपानी गाउँपालिका वडा नम्बर– ६ का वडाध्यक्ष बिशाल खड्का ।
खड्काले घरमा पत्नी, छोराछोरी हुँदाहुँदै बहुविवाह दोस्रो बिवाह गरेका हुन ।उनीकी जेठी श्रीमती कमला खड्का बाट १३ वर्षका एक छोरा र ५ महिनाकी छोरी रहेकी छन । उनका अनुसार वडाध्यक्ष बिसाल खड्काले जनयुद्धमा उनी भन्दा पहिला एक श्रीमती बिहे गरेर एक १७ वर्षका छोरा समेत छन । युद्धमा जन्मीएको छोरा सहित खड्काका तिन बच्चा छन । तिन बच्चाको जन्मा दर्ता वडाध्यक्ष बिसाल खड्काकी श्रीमती कमला खड्का नै आमा छन ।
त्यस्तै कास्की जिल्लाको मादि गाउपालिका आठ नम्वर माईती घर भएकी ३३ वर्षकी वडाध्यक्ष खड्काकी श्रीमती कमला खड्काले भनिन,”तातोपानी ६ नम्वर वडाकै अम्बिका न्यौपाने बाट छोरा जन्माएर न्वारन समेत गरेको भिडियो समाजिक संञ्चालमा छताछुल्ल छ । खड्का माओबादी केन्द्रबाट टिकट लियर वडाध्यक्षमा निर्वाचत भएका हुन ।
उनी २०७४मा भएको स्थानीय तहको निर्वाचनमा पनि सोही वडाका वडाध्यक्षमा निर्वाचित भएका थिए । उनकी श्रीमती कमलाले भनिछन ,”उनको त्यो युवती संग सम्बन्ध छ भन्ने हल्ला तिन वर्ष अगाडी सुनेको थिए । उनले त्यो हल्ला झुटो भएको बताउदै आएका थिए । उनले पीडा ब्यक्त गर्दै भनिन ,”अहिले त्यो अम्बिका न्यौपानेबाट छोरा जन्माएर न्वारन समेत गरेको भिडियो बहिरियो ।त्यो युवतीले मेरो श्रीमान भनेर सामाजिक संञ्जालमा फोटा राखेको पाइएको छ ।उनकी श्रीमती खड्काले चन्दननाथ ४ हस्पिटल ल्याइमा होटल ब्यवसाय गर्दै आएकी छन ।
मुलुकी अपराध संहितामा बहुविवाहलाई अपराध मानेको छ
मुलुकी अपराध संहिता (दफा १७५ को ४ नम्बर बुँदा) ले बहुविवाहलाई अपराध मानेको छ । उक्त अपराधको कसुर हेरेर १ वर्षदेखि ५ वर्षसम्म कैद सजाय र जरिवानासमेत तोकेको छ । सार्वजनिक पदमा बस्नेलाई अझै बढी सजाय हुन सक्छ ।उनले तातोपानी ६ धौलापानीकी अम्बिका न्यौपाने नामकी युवती संग दोस्रो विवाह गरेका हुन् । उनले जेठी पत्नीलाई आफ्नो सम्बन्ध बारे नभन्न दबाव दिने गरेका छन ।
यता तातोपानी ६का वडाध्यक्ष बिशाल खडकालाई यस बिषयमा फोन मार्फत सोध्न खोज्दा कुनै प्रतिक्रिया दिएनन ।उनले भटेर कुरा गर्ने बताएका छन ।उनी संग दोस्रो बिववाह गरेकी भनिएकी अम्बिका न्यौपानेले जन्मीएको बच्चाको फोटा र वडाध्यक्षको फोटो फेसबुकको प्रोफाइलमा राखेकी छन ।
त्यस्तै तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाइले उनीविरुद्ध उजुरी नआएको बताए । उनले भने,हल्ला सुनेको थिए तर आफुलाई आधिकारी छैन ।त्यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले उजुरी आएको खण्डमा कानुनी रुपमा अगाडी बढ्ने बताए ।
जनप्रतिनिधिहरुले यस्तो कार्य गर्नु गम्भीर अपराध भएको महिला अधिकारकर्मीहरुले बताएका छन । मुलुकी अपराध संहिता २०७४ को दफा १ सय ७५ मा बहु–विवाहलाई कसूरको रुपमा परिभाषित गरिएको उल्लेख गर्दै बिभिन्न अधिवक्ताहरुले अझैपनि राजनीतिक दलले कानुन निर्माण गर्ने विधायकमा सजाय पाउने कसूरदारलाई सिफारि गरेबाट मुलुकमा विधिको शासनमाथिको चुनौति कायमै रहेको जिकिर गर्दै आएको पाइन्छ ।बहुविवाह गरेका व्यक्तिलाई प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकको सूचिबाट हटाउन माग गर्दै पटक पटक सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको सुनिने गरेको छ ।