अखिल(क्रान्तिकारी) विघटनभएको हल्लानिराधार : महासचिव देव गुरुङ

काठमाडौं ।नेकपा(माओवादी केन्द्र)कामहासचिव देव गुरुङलेअखिल(क्रान्तिकारी)को वर्तमान केन्द्रीय कमिटी विघटन भएको हल्लानिराधार भएकोबताएका छन् । विहीबार साँझ केन्द्रीय समिति बैठक लगत्तै गुरुङले विद्यार्थी संगठनमा देखा परेका समस्या समाधानगर्न सबै साथीहरु बीच छलफल गरेर सहमतिमाल्याउनप्रयास गर्ने बताए ।
“अध्यक्ष, फ्याक्सनइन्चार्ज सहित सबैलाई साथीहरुलाई एक ठाउँमाबोलाउने कोसिस गर्ने भन्ने हो । सबैलाई एकढिका बनाएर लैजाउ भनेर प्रस्तावगर्ने, त्यसको लागितयारी समितिबनाउने, सहमतिमा साथीहरु आउने भएतदर्थ समितिबन्छ । यदितदर्थ समितिबनेपछिअहिले कमिटीविघटनहुन्छ तर अहिले नै कमिटीविघटनभन्ने गलतहो” गुरुङले भने ।
त्यसैगरी अखिल क्रान्तिकारीका प्रवक्ता मिलन एमसीले पार्टी निर्णयको गलत अर्थ लगाएर कमिटीविघटनभएको भनेर गरिएको हल्लाप्रति आपत्ति जनाएकाछन् । उनलेभने,“असन्तुष्ट साथीहरु समानान्तर गतिविधिछाडेर आउनतयार भएअध्यक्षपञ्चा सिंहको नेतृत्वमाआयोजक समितिबनाएर जानको लागिपार्टी केन्द्रीयकार्यलयले हामीलाई निर्देशन गरेको छ ।” पार्टीको निर्देशानपालनागर्दै समस्या समाधानकालागि संगठनको केन्द्रीय समितितयार रहेको प्रवक्ता एमसीले बताए ।
माओवादी केन्द्रको हालै सम्पन्न स्थायी समिति बैठकले विद्यार्थी संगठनमा देखा परेका समस्याको समाधानको गर्ने, सबैलाई एकठाउँमाल्याएर आयोजक समितिबनाउने र स्वावियु चुनावपछि राष्ट्रिय सम्मेलनको आयोजनागर्ने निर्णय गरेको थियो ।
अध्यक्षपञ्चा सिंहको संयोजकत्वमा सम्मेलनआयोजक समितिबन्ने र स्वावियु चुनावपछि राष्ट्रिय सम्मेलनगर्ने सम्मेलनगर्ने बताइएको छ । स्थायी समितिको परिपत्रमाअब समानान्तर गतिविधिगर्न नपाइने निर्णय गरिएको छ ।

 

सम्बन्धित समाचार