जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले आफ्नै लोगो र गान तयार पार्ने भएको छ । स्थानीय भाषा र संस्कृतिलाई संरक्षण गर्नका लागी पालिकाले लोगो गान आफ्नै तयार गर्ने भएको हो ।यसको लागी गाउँपालिकाले प्रस्ताव आवह्रान समेत गरेकोे छ ।
तातोपानी गाउँपालिकाले एक सूचना जारी गर्दै, लोगो र पालिकागानका लागि खुला सूचना गरेको प्रमुख प्रशासकीय अधिकृत तिथबहादुर कठायतले बताए ।
उनका अनुसार माघ १६ गते बसेको कार्यपालिकाको वैठकको निर्णय अनुसार गाउँपालिकाको ३० दिने सुचना सार्वजानिक गरेको छ । उनले भने,यसपालिकाको प्राकृतिक, सास्कृति, ऐतिहासिक तथा विशिष्ट भौगोलिक पहिचान झल्कने गरि गान र लोगो निर्माण गरीने छ ।
तातोपानी पालिकाले गरेको सूचनामा पालिको ईमेल वा कार्यालयमा गान र लोगो निर्माण गरी ईकपी पालिकालाई ३० दिन भित्र वुझाउनु पर्ने छ । प्रतिस्पर्धावाट छनौटमा परेको लोगो र पालिकागानका डिजाईनर तथा रचनाकारका लागि गाउँपालिकाले पारिश्रमिक समेत छुट्याएको छ ।
लोगोको डिजाईनरलाई रु ३० हजार र प्रमाणपत्र तथा पालिका गानका रचनाकारलाई रु २० हजार प्रदान गरिनेछ । गाउँपालिकाले गरेको उक्त सूचनामा लोगामा प्रयोग भएका संकेतहरुको संम्छिप्त व्याखा गर्नुपर्नेछ भने पालिका गान ४० देखी ६० शब्दको हुनुपर्ने छ ।
त्यस्तै गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलगाइले गाउँपालिकाले आफ्नो अधिकार प्रयोग गर्दै स्थानीय भाषा र संस्कृतिलाई जगेर्न गर्न तथा संरक्षण गर्न पालिकाको लोगो र पालिका गान गर्न लागीएको हो । उनका अनुसार प्रतिस्पर्धाको आधारमा लोगा र पालिका गान छनौट गरि प्रभावकारीता जोड दिइने छ ।जुम्लाका एक नगरपालिका सहित आठ वटा स्थानीय तहले लोगो र आफ्नै गान तयार गरेका छैन । तातोपानीले सूरु गरिएको योकार्यले आफ्नो पालिकाले पहिचान झल्काउन खोजीएको देखिन्छ ।