योजना आयोग सदस्यमा तीन जना नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगमा तीन जना सदस्य नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगमा सदस्यहरू नियुक्त गरेको हो ।

सुशील ज्ञवाली, अञ्जान शाक्य र कुशेन्द्र महतलाई योजना आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय भएको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

योजना आयोगको उपाध्यक्ष भने यसअघि नै नियुक्त भइसकेका छन् । उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त भएका थिए । त्यस्तै मन्त्रिपरिषद्ले परराष्ट्रमन्त्री विमला राई पौड्यालको श्रीलंका भ्रमण पनि स्वीकृत गरेको छ ।

सम्बन्धित समाचार