जुम्लाा । जुम्लामा हिमपातालाई मध्यनजर गरी न्यानो बितरण कार्यक्रम गरिएको छ । मंगलबार देखी परेको भारी हिमपातले त्यहाको जनजिवन प्रभावित भएपछि प्रशासन न्यानो बितरण कार्यक्रम गरेको हो ।
जुम्लामा लगातार रुपमा हिपपात भईरहेको छ । चिसोले जनजीवन प्रभावित भईरहेको भन्दै चोक चोकमा आगो वाल्ने कार्यक्रम गरिएको हो । चिसोले दुईदिन देखी हवाई यातायात वन्द भएको छ ।
कर्णाली राजमार्ग पनी अवरुद्ध भईरहेको छ ।मंगलवार देखी शुरु भएको हिउँ निरन्तर परेपछि स्थानीय प्रशासनले जुम्ला बजारका मुख्यचोकहरुमा आगोवाल्ने न्यानो कार्यक्रम गरिएको हो ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीका अनुसार जुम्लाको मुख्य बजार बालमन्दिर, जिल्ला प्रशासन अगाडी, कालेखोली र बसपार्कमा न्यानो गर्नका लागी दाउरा फलिएको हो । हिमपातका कारण डियुटीमा रहेका सुरक्षाकर्मी र बिभिन्न कामले आवतजावत गर्ने नागरिकहरुको लागी आगोबाल्ने गरिएको हो ।
न्यानो बितारण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केशरी सहित नेपाली सेन नन्दवक्स गणका गणपति रविन थापा, शशस्त्र प्रहरी त्रिपुरा गण ३३ नम्बरका गणपति चित्रांगत दाहाल, नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्द्ध, राष्ट्यि अनुसन्धानका प्रहरी नायव उपरीक्षक राजकुमार न्यौपाने सहितको संयुक्त टिमले न्यानो कार्यक्रम गरेका हुन । जिल्ला प्रशासन कार्यालयले आफैले केही दाउरा व्यवस्थापन गरिएको छ ।
त्यस्तै नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतका अनुसार हिउँ परिरहेको समयमा स्थानीय प्रशासनले गरेको काम प्रेरणादायी भएकाले सवै चोकमा दाउरा व्यवस्थापन गरि न्यानो गर्नेमा दिए ।
त्यस्तै हिउँ परेर चिसो बढेपछि जिल्ला प्रशासन कार्यालयले विपन्न नागरिकलाई न्यानो कम्वल वितरण समेत गरेको छ । स्थानीय प्रशासनले पहिलो दिन ६ जनालाई मात्र वितरण गरिएको जानकारी गरेको छ । करिब ३ सय विपन्न तथा ज्येष्ठ नागरिकलाई न्यानो कम्वल तथा केहीलाई ज्याकेट समेत वितरण गरिने प्रजिअ केशरीले बताए।
त्यस्तै जिल्ला ज्येष्ठ नागरिक संघ जुम्लाका सचिव तुलाराम न्यौपानेले ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरणले केही राहत हुने बताए । उनले अन्य आर्थिक कमजोर भएका ज्येष्ठ नागरिक व्यक्तिहरुको नामावली प्रशासनलाई उपलब्ध गराईएको थिए ।