कस्तो ठाउँमा बनाइन्छ पानीपुरी ?

काठमाडौँ —: तपाईँ पक्कै पनि पारी पुरीको पारखी हुनुहुन्छ होला । चोक बजार जहाँ पानी पुरी चटपटे राखिएको हुन्छ, त्यहाँ भीड भएपनि पालो पर्खिएर तपाईँ त्यसको स्वाद नलिई गन्तव्यतर्फ जानुहुन्न । अबदेखि खानुअघि एक पटक सोच्नुहोस् । कस्तो खानेकुरा खाइरहेको छु, त्यो स्वस्थ्यकर छ/की छैन, ख्याल गर्नुस् ।

साताअघि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कलंकीमा पानीपुरी बनाउने कारखानामा छापा मार्दा फोहोरै फोहरमा बनाइएको भेटिएको थियो । विभागका अनुसार काठमाडौंको नाम चलेका ठाउँ र सपिङ मल अगााडीका पसलहरुमा उक्त पानीपुरी उत्पादकले सप्लाई गर्दे आएका थिए ।

विभागका अनुगमन शाखा निर्देशक शोभाकर रेग्मीका अनुसारकंलकीमा शत्रुधन महतोले सञ्चालन गरेको पानीपुरी कारखानामा साबुन बनाउने तेल, म्याद नाघेको मैदा पानीपुरीमा प्रयोग गरिएको थियो। आकाशको पानी संकलन गरेर पिठो मुछ्ने गरिन्थ्यो। खुट्टाले पिठो मुछ्ने। पानीपुरी बनाउने वरिपरी अत्याधिक फोहोर, घिनलाग्दो थियो। उक्त पानी पुरी बनाउने ठाउँको नाममा खाद्य अनुज्ञापत्र, व्यवसाय दर्ता समेत थिएन

पानीपुरी बनाउने वरिपरी अत्याधिक फोहोर र घिनलाग्दो रहेको विभागले जनाएको छ । उक्त पानीपुरी बनाउने ठाउँको नाममा व्यवसाय दर्ता समेत थिएन ।

महतोले दैनिक ५ भ्यान उपत्यकाका होटल, विवाह, सपिङ मल अगाडीका पसलहरु लगायतका ठाउँमा पानीपुरी सप्लाई गर्दै आएका थिए ।

त्यस्तै खालको पानीपुरी बनाउने ललितपुर, कोटेश्वर, बाफलगरी थप ४/५ ठाउँबाट उजुरी परेको छ। तिनीहरुले नै उपत्यकाको माग धान्दै आएका छन्
kantipur daily

सम्बन्धित समाचार