जुम्ला ः जुम्लामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जुम्लाको तिला गाउँपालिका वडा नम्वर ३ त्रिवेणीमा दुर्घटना हुदा दुइ जनाको मुत्यु भएको प्रहरीले जनाएको छ । जुम्ला प्रहरीका अनुसार जुम्ला बसपार्कबाट रारा लिहितर्फ जादै गरेको क १ स ११ नम्वरको अटो अनियन्त्रित भइ तिला नदिमा खस्दा तातोपानी –१ बाइराँकाका २९ वर्षिया पुरन सार्की र तिला – ३ का २० वर्षिय आकाश थापा को मृत्युु भएको हो।
त्यस्तै जुम्लाका प्रहरी निरिक्षक याम बहादुर बुढा मगरका अनुसार पुरन सार्कीको घटना स्थलमै मृत्यु भएको थियो । आकाश थापाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटना भएको अटो तिला ३ को त्रिवेणीमा पर्ने कर्णाली राजमार्ग बाट १५ मिटर तल नदिमा खसेको छ ।