दाउरा काटने क्रममा रुखबाट लडेर एक महिलाको मृत्यु

जम्ला ःजुम्लामा रुखबाट लडेर एक महिलाको मुत्यु भएको छ । जंगलमा दाउरा संकलन गर्न जाँदा लडेर घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।
तिला गाउँपालिका–६ घोडेगाउँकी २५ बर्षीया रामपुरा रोकायाको मृत्यु भएको जुम्ला प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्द्धका अनुसार मंगलबार दिउँसो जंगलमा दाउरा संकलन गर्न जाँदा रुखबाट लडेर घाइते भएकी रोकायाको उपचरको क्रममा मृत्यु भएको हो ।
उनका अनुसार मंगलवार दिउसो १ बजे लडेर घाईते भएकी रोकायालार्ई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारका लागि बुधबार ल्याइएको थियो । घाइते रोकायाको उपचारको क्रममा बुधबार बिहान ५ बजे मृत्यु भएको हो ।

सम्बन्धित समाचार