जुम्ला ः जुम्लाको अलपत्र सभाहल लागुऔषध सेवनको थलो बनेको छ । जुम्लाकै गौरवको आयोजना मानिएको बहुउेश्यीय सभाहल अलपत्र अवस्थामा रहेपछि लागुऔषध सेवन गर्ने थलो बनेको हो । त्यो भवनमा जुम्लाका कक्षा आठ देखी १२ सम्मका अध्यायनरत्त बिद्यार्थीकोहरुको लागी लागुऔषध सेवनको थल्लो बनेको देखिन्छ ।तत्कालिन शान्र्ति तथा पुर्ननिर्माण मन्त्रालयले जिल्ला विकास समिति,जिल्ला प्राविधिक कार्यालय जुम्ला मार्फतआर्थिक वर्ष २०७१÷०७२ देखि आयोजना सम्झौता गरी निर्माण कार्य थालिएको थियो ।
झण्डै एक दशक अघि निर्माण कार्य थालिएको तत्कालिन जिल्ला परिषद् बहुउद्देश्यीय सभाहल निर्माण हुन नसकी अलपत्र बनेको छ । त्यस्तै त्यो भवन लामोसमसय सम्म कसैको ध्यान नजादा अहिले लागुऔषध सेवनको थलो बनेको नेपाल पत्रकारमहासंंघका अध्यक्ष नेत्र बहादुर शाहीले बताए । उनले भने,दिन प्रतिदिन बिद्यालय जाने समयमा पेसाक सहितका एक हुल युवाहरु त्यहा गयर चुरोट चरेश जस्ता लागुपदार्थ सेवन गर्ने गरेको पाइन्छ ।
यस अघि जिल्ला प्रहरी जुम्लाले समेत तियुवाहरुलाई सोदबुझ गरेर अभिभावको जिम्मा लागाएको थियो । प्रहरीले त्यही ठाउमा जाने दुइजना युवालाई केही दिन अघि प्रकाउ समेत गरेको छ ।
त्यस्तै आधा निर्माण भइसकेको भवन पूरा नहुँदा भौतिक संरचना भत्किन थालेका छन् । यो अलपत्र सभाहलले जनप्रतिनिधि र कर्मचारीलाई गिज्याउदै आएको छ । तर उनीहरु टसमस भएको पाईदैन । २०७० सालको दोस्रो संविधान सभाका सभासददेखि ०७९ साल निर्वाचित भएका जनप्रतिनिधि र कर्मचारीले अलपत्र सभाहल निर्माण कार्य पहलको पाईदैन ।
लामो समयदेखि सभाहल अलपत्र भएपनि जनप्रतिनिधि र कर्मचारीले निर्माण गर्न कार्यमा पहल नगरेको पुष्टि हुन्छ । हामीले जुम्लाका लागि धेरै विकास निर्माण कार्य गर्दै आयौँ भन्दै हिडेका ०७० सालको दोस्रो संविधान सभा सदस्य प्रत्यक्ष निर्वाचित काँग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाही, समानुपातिक निर्वाचत पुर्वराज्य मन्त्री गोमा कुँवर, एमालेबाट समानुपातिक निर्वाचित बलबहादुर महत, नेमकिपाबाट समानुपातिक निर्वाचित डिल्लीप्रसाद काफ्लेले अलपत्र सभाहलको निर्माण कार्य थालेनन् ।
०७० सालको दोस्रो संविधान सभा सदस्यमा जुम्लाबाट प्रत्यक्ष र समानुपातिक गरी ४ जना संघमा सभासद थिए । सभाहलको निर्माण कार्य भने ०७१ साउन ४ गतेदेखि थालिएको हो । यो आयोजना ०७४ भदौ ६ गते सम्पन्न हुनुपर्ने हो । तर भएन । त्यतिबेलाका सभासदको पदावधि पनि ०७४ सालको निर्वाचन पछि सकियो ।सभाहल अलपत्र अवस्थामा थियो । ०७४ सालको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा प्रतिनिधि सभा प्रत्यक्ष तर्फ तत्कालिन नेकपाबाट गजेन्द्रबहादुर महत निर्वाचित भए । संसदमा निकै गर्जिने सांसदका रुपमा चिनिएका महतको पालामा पनि अलपत्र सभाहल निर्माण हुन सकेन ।
त्यस्तै विकास प्रेमी तथा थिङट्यांकमा परिचित नरेश भण्डारी ०७४ सालको प्रदेश सभा निर्वाचन क्षेत्र १ बाट प्रत्यक्षतर्फ निर्वाचित भए । यस्तै प्रदेश सभा निर्वाचित क्षेत्र २ बाट तत्कालिन नेकपाका नेता पदम रोकाया, समानुपातिकमा दीनवन्धु श्रेष्ठ निर्वाचित भए । उनी तीनै जना प्रदेशका मन्त्रीसमेत भए । तर त्यो लामो समयदेखि अलपत्र परेको सभाहलले पुर्णता पाउन सकेन । अहिलेसम्म अलपत्र अवस्थामा रहेकोले सभाहलको निर्माण कार्य पहल नै नगरेको नागरिकको बुझाई छ ।
सभाहल अलपत्रै रहेको अवस्थामा ०७९ सालको निर्वाचनमा प्रतिनिधि सभा प्रत्यक्ष तर्फ राप्रपा युवा नेता ज्ञानेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । प्रदेश सभा निर्वाचन क्षेत्र १ बाट स्वतन्त्र उम्मेदवार देवेन्द्र शाही र निर्वाचिन २ बाट एमाले युवा नेता टेकराज पछाई निर्वाचित भएका छन् ।
यस्तै प्रतिनिधि सभा समानुपातिकमा कान्तिका सेजुवाल, विनिता कठायत र छिरिङ ल्यामु लामा निर्वाचित छन् । सेजुवाल चन्दननाथ नगरपालिकाकी मेयरसमित भईसकेकी हुन् ।
निर्वाचन प्रचारप्रसारको बेलामा केन्द्रका टाउके नेताको कठालो समात्छु भन्दै हिडेका ज्ञानेन्द्र शाही निर्वाचित भएर संसदमा पुगेका छन् । जुम्लाको विकास गर्दछौँ भन्दै शाही र पछाई प्रदेश संसदमा पुगेका छन् । उनीहरुको पहल कार्यमा झण्डै एक दशक लामो समयदेखि अलपत्र परेको सभाहल निर्माण हुन्छ वा हुदैन त्यो हेर्न नागरिकले धैर्य गर्नुपर्ने छ ।
जुम्ला एक नगरपालिका र सात गाउँपालिकामा विकेन्द्रीकरण भएको छ । एउटा जिल्ला समन्वय समिति छ । नगर र गाउँपालिका प्रमुखका कुरै नगरौँ । ०७४ मा निर्वाचित समन्जय समितिका प्रमुख लालबहादुर सार्की र उपप्रमुख कार्मा बुढाले अलपत्र सभाहल निर्माण हुन्छ र पहल गरेका छौँ भन्दै आएका थिए । उनीहरुको पदावधि सकिएयो तर त्यो अलपत्र सभाहलका भत्केका देवल उस्तै छन् ।
०७९ बैशाखमा दोस्रो स्थानीय तहको निर्वाचित भयो । दोस्रो स्थानीयको निर्वाचनबाट निर्वाचित भएका जिल्ला समन्वय प्रमुख गौरीनन्द आचार्य र उपप्रमुख जनक थकालीले अलपत्र परेका सभाहल निर्माण गर्न प्रतिबद्धता जनाएका छन् । उनीहरुले जिल्ला सभाको पाँचौ बैठकबाट अलपत्र पूर्वाधार विकासलाई निरन्तरता दिने निर्णय समेत गरेका छन् । उनीहरुको निर्णय प्रति पनि नागरिकले धैर्य गर्नुपर्ने देखिएको छ ।
२०७१ फागुन ४ गते सम्झौता भई ६ महिना म्याद थपसहित २०७४ भदौ ६ मा सम्पन्न हुने भनिए पनि अहिलेसम्म ५८ प्रतिशत मात्र काम सकिएको बुझिएको छ । ६ करोड १९ लाख ४९ हजार ६०६ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सम्झौता रकम मध्ये तीन करोड ५९ लाख २५६ रुपैयाँ खर्च भइसकेको जनाएको छ । उक्त भवनको निर्माण जिम्मा आशीष र थेगिम जेभी धनगढीले लिएको थियो ।
प्राविधिक दृष्टिले यो अलपत्र सभाहलका आधा निर्माण भएका देवल, सरीया, सिमेन्ट ड्मेज भएका बुझिन्छ । यो निर्माण गर्नका लागि संरचना भत्काउनु पर्ने देखिएको छ ।
पुरानो ठेक्कालाई निरन्तरता दिने वा अर्काे कार्यालयलाई फाइल हस्तान्तरण गर्ने विषयमा जिल्ला समन्व्य समितिले नै निर्णय गर्नुपर्ने बुझिएको छ । पुरानै ठेक्कालाई निरन्तरता दिन जिल्ला समन्वय समितिले नै बजेटको व्यवस्थापन गर्नुपर्ने हुन्छ । पुरानो ठेक्कालाई तोडेर अर्काे कार्यालयलाई फाइल हस्तान्तर गरेको खण्डमा निर्माण हुने सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाका सव इन्जिनियर चन्द्रबहादुर खड्काले बताए । उनले भने अहिले त्यो अलपत्र सभाहलको प्राविधिक समस्या छ ।
यसरी ठेक्का तोडेर हाम्रो कार्यालयलाई ठेक्काको फाइल हस्तान्तरण गरेको खण्डमा बजेट व्यवस्थापन गर्न सकिन्छ । यो सभाहलका विषयमा सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालयका डिजी र सचिवसम्म कुरा पुगेको छ । उनीहरुले प्रत्यक्ष अवलोकन पनि गरेका छन् ।