लागु औषधको हव बन्दै जुम्ला, १८ देखी ४० वर्ष उम्मेरका प्रयोगकर्ता धेरै

जुम्ला । जुम्लामा लागुऔषध प्रयोग र कोरोबार बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार लागुऔषध प्रयोगकर्ता र कारोबार बढ्दै गएको पाइएको हो ।प्रहरी प्रशासनले लागुऔषध नियन्त्रणबारे विभिन्न कार्यक्रम गर्दै आएको भएपनि यसको प्रयोग र कारोवारमा कमी आउन सकेको छैन् ।

विशेषगरी नयाँ पुस्ताहरु लागूऔषध प्रयोग तथा ओसार–पसारमा संलग्न हुने गरेको जुम्लाका प्रहरी नायब उपरिक्षक नरेन्द्र चन्दले बताए । उनले भने,प्रहरीले बिद्यालय र एस ई ई लाई लक्षित गरी जुम्लामा खोलीएका टियुसन सेन्टरमा समेत लागु औषध सम्बन्धी सचेतनाका कार्यक्रम गर्दै आएको छ ।उनका अनुसार प्रहरीको एकल प्रयासले मात्रै आगुऔषध रोक्न सकिदैन । यसमा स्थानीय सरकार र यहा राजनितिकदलहरु पनी लाग्नु पर्ने जरुरी छ ।

डिएसपी चन्दले सिजा गाउँपालिकाका जनप्रतिनीधि र बिद्यालयका प्रधानाध्यापक बिच लागुऔषध निमुर्ल पार्नका लागी अन्तरक्रिया कार्यक्रम गरिएको बताए । उनका अनुसार परिवार तथा अभिभावको हेलचक्य्राई र निगरानी अभावमा किशोरा वस्थाका पुस्ता लागूऔषधको तलमा फस्दै जान थालेका हुन । जुम्ला प्रहरीका अनुसार लागूऔषधको तलमा फसेका हरुको उम्मेर १८ वर्ष देखी ४० वर्ष सम्मका बढी रहेका छन ।
जुम्ला प्रहरीको तथ्याङक यस्तो छ
जुम्लामा आर्थिक वर्ष २० ७७। ७८मा ब्राउनसुगर र चरेस गरी ५ वटा मुदा दर्ता भएका छन । त्यस्तै आर्थिक वर्ष २० ७८। ७९मा ब्राउनसुगर र चरेस गरी ७ वटा मुदा दर्ता भएका छन।

त्यस्तै चालु आवमा ब्राउन सुगर र चरेसका ४ वटा मुदा दर्ता भएका छन । जुम्ला प्रहरीको त्रिवर्षीय तथ्याङक हेर्दा १८ देखी ४० वर्ष उम्मेरका ४४ जना प्रकाउ परेका छन ।

त्यस्तै १८ वर्ष भन्दा मुनिका ३ जना रहेका छन । त्यस्तै ४० देखी ६० वर्षका २ जना रहेका छन । प्रहरीको निगरानी बढेसँगै प्रयोगकर्ता पक्राउ पर्ने र मुद्दासमेत बढ्ने गरेको जुम्लाका प्रमुख जिल्ल अधिकारी मुकेश कुमार केशरीले बताए । उनले भने जुम्ला लागूऔषधको हब बन्दै छ । उनले भने कक्षा ८ देखी १२ सम्मका बिद्यार्थीहरु लागुऔषधको लतमा फसेको पाइन्छ । प्रजिअ केशरीले भने सबैभन्दा बढी सचेत अभिभावक हुन जरुरी छ ।

त्यस्तै सिजागाउँपालिकाका अध्यक्ष पुर्ण प्रसाद धितालले ब्राउन सुगर, जस्ता लागुऔाषधको बिषयमा पालिकाले पनि सचेतनाका कार्यक्रम गर्ने बताए । उनले लागुओषध कारोबारीहरुको संजाल तोड्न प्रहरी संग सहकार्य गर्ने बताए ।
त्यस्तै सिजा गाउँपालिका दुईका अध्यक्ष तिर्थवडले ‘ लागुऔषधबारे सुक्ष्म अध्ययन र अनुसन्धान गरुरी रहेको बताए । उनले भने पछिल्लो समयमा लागुऔषधको अवस्था गम्भीर देखियो । त्यसैले सबै ढंगबाट सबै निकायहरु नियन्त्रणमा लाग्न आबश्यक छ ।

सम्बन्धित समाचार