जुम्लाका प्रमुख सेनानी अञ्जन रुपाखेती झुन्डिएको अबस्था मृत फेला

 फाइल फोटो

जुम्ला ः जुम्लाको नम्वर २४ बाहिनीमा कार्यरत नेपाली सेनाका प्रमुख सेनानी अञ्जन रुपाखेती मृत फेला परेका छन । उनी आफ्नै क्वाटरको बाथरुममा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।
नेपाली सेनाको २४ नम्बर बाहिनीमा कार्यरत रुपाखेती बाथरुममा झुन्डिएको अवस्थामा मृत भेटिएको कर्णाली जुम्लाका प्रहरी नायव उपरिक्षक नरेन्द्र चन्दले बताए
उनका अनुसार परिवारका सदस्य आएपछि रुपाखेतीको शव पोष्टमार्टमका लागि पठाउने तयारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला सुरक्षा समितिको टिम नेपाली सेनाको २४ नम्बर बाहिनीमा पुगिसकेको बताइएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्द्धका २४ नम्बर वाहिनीमा प्रमुख सेनानी अञ्जन रुपाखेतिले आत्म हत्या गरेका बताए ।

नेपाली सेनाको स्रोत अनुसार रुपाखेति विहान चिया खाने समयमा चिया लिएर जादा आत्म हत्या गरेको भेटिएका थिए । नन्दबक्स गण जुम्लाका गणपति रविन थापाले एक कुशल कमाण्डर तथा सहकर्मी गुमाएको प्रति ठूलो क्षेति भएको बताए । उनका अनुसार प्रमुख सेनानी रुपाखेतिले अहिले सेनाको अप्रेशन क्षेत्र हेरिरहेका थिए ।

 

सम्बन्धित समाचार