काठमाडौं । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तागठबन्धनको बैठकमा कांग्रेसले पहिलाको सहमति बिपरित कुरा गर्न थालेको बताइएकाे छ ।
कांग्रेसले चुनाव पहिलाको सहमतिबाट पछाडि हटेको निस्कर्ष निकालेको माओवादीका एक पदाधिकारीले बताए ।
आजको बैठकमा कांग्रेसले चुनाव पहिला भएको सहमति विपरित कुरा गरेको माओवादीका एक नेताले बताए । ती नेताले भने, पहिला खुमलटार गएर पूर्णबहादुर खडकाले तपाईलाई प्रधानमन्त्री दिन तयार छौ भन्यो । आजको बैठकमा शेरबहादुर देउवाले माओवादीलाई प्रधानमन्त्री दिन नसकिने आसयको कुरा गर्दा बैठक बिना निस्कर्ष टुङगीएको हो । भोली बिहान प्रचण्ड अन्तिम वार्ता देउवासंग गर्नु हुन्छ अनि भए ठिक नभए पनि गठबन्धनबाट माओवादी बाहिरिन्छ ।’
चुनाव भन्दा पहिला माओवादीलाई प्रधानमन्त्री दिने सहमति भएपनि आजको बैठकमा देउवाले आफू पार्टी भित्र नै दबाबमा परेको बताएको बैठकमा सहभागी एक नेताले बताए ।
देउवाको कुरा सुनेपछि माओवादी नेताहरु अब गठबन्धन अगाडि बढ्न नसक्ने निस्कर्षमा पुगेको स्रोतले बताए । ती स्रोतका अनुसार भोली बिहान दश बजे प्रचण्ड देउवासंग अन्ति वार्ता गर्ने र प्रधानमन्त्री दिए संगै बस्ने नदिए गठबन्धनबाट बाहिरिने निस्कर्षमा पुगेका बताए ।
चुनाव अघाडि जसरी पनि गठबन्धन टिकाएर लैजाने भनेका गठबन्धनरत दलहरु अहिले आएर आआफ्नै दाउमा लागेका छन् । कांग्रेसले एमाले र साना दलहरुसंग पनि वार्ता गरेको माओवादीले जानकारी राखेको भए पनि अन्ति पटक भोली बिहान प्रचण्डले वार्ता गर्ने तयारी गरेको बताइन्छ ।
केहि दिन पहिला प्रचण्डले ललितपुरमा प्रेस सेन्टको पदाधिकारीको बैठकलाई सम्बोधन गदै पाए सरकारको नेतृत्व गर्ने नपाए सडक र सदन दुबै ठाउँबाट हस्तक्षेपकारी भूमिका खेल्ने बताएका थिए ।
प्रचण्डले सरकारको नेतृत्व नपाए सरकारमा नजाने मात्र होइन गठबन्धन नै तोड्ने मनसाय बनाएका माओवादी नेता बताउछन् । भोली बस्ने गठबन्धनको बैठकमा के सहमति हुन्छ त्यसले गठबन्धनको भविश्य निर्धारण गर्ने माओवादीका उपमहासचिव शक्ति बस्नेत बताउछन् । उनले भने, ‘आज सहमति हुन सकेन । भोली बैठक बस्छ । भोलीको बैठकले के निर्णय गर्छ हेरौं । राम्रै होला भन्ने आस गरौ ।’
उता आजै एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको प्रधानमन्त्री बन्ने समय सकिएको बताएका छन् । उनले प्रचण्डले समयमा निर्णय गर्न नसक्दा प्रधानमन्त्री बन्ने समय घर्केको बताएका छन् । गठबन्धनमा पनि कुरा नमिलेपछि एमाले
एमालेका केहि नेताहरु अहिलेपनि माओवादी नेतासंग छलफलमा रहेको बुझिएको छ । यदि भोली बिहान देउवाले प्रचण्डलाई प्रधानमन्त्री नदिने निर्णय सुनाएमा प्रचण्डले भनेका ६० जना सांसद मध्य ५० जना सांसद सहित एमालेसंग नयाँ समिकरण हुन सक्ने माओवादी नेताको आकलन छ ।
सत्तागठबन्धनको नेकपा एकिकृत समाजवादी भने कांग्रेससंग नै जाने अन्तिम तयारीमा रहेको बताइन्छ । नेकपा एसले एमालेसंग आफू नजाने प्रचण्डलाई बताएको माओवादी स्रोतले बताए ।
अन्तिमा भोली सत्तागठबन्धनमा कुरा नमिले एमाले माओवादी र अन्य सानादलहरुको गठबन्धन हुन सक्ने संभावना पनि रहेको छ । जसका लागि एमालले र माओवादीका दोस्रो तहका नेताहरु अहिलेपनि छलफलमा रहेको स्रोतले बताए ।
देउवादे अन्तिमा आएर माओवादीलाई सरकारको नेतृत्व दिन नसक्ने बताएका छन् । जसका कारण अब गठबन्धन अगाडि नबढ्ने भएपछि माओवादी एमाले मिल्ने गरी छलफलमा रहेका छन् ।
एमाले अध्यक्ष ओली भेट्न कांग्रेस नेता विमेलेन्द्र निधि बालकोट पुगेका छन् ।