एमाले संसदीय दलको नेतामा केपी ओली सर्वसम्मत निर्वाचित

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत चयन भएका छन् ।

मंगलबार एमाले संसदीय दलको बैठकले अध्यक्ष ओली दलको नेतामा सर्वसम्मत चयन गरेको हो ।

ओलीलाई संसदीय दलको नेतामा उपाध्यक्ष विष्णु पौडेलले प्रस्ताव गरेका थिए भने उपाध्यक्ष सुवास नेम्वाङले समर्थन गरेका थिए ।

प्रतिनिधिसभामा एमालेका ७८ सांसद छन् ।

सम्बन्धित समाचार