कुरीती बिरुद्धको अभियानमा क्याड नेपाल

जुम्ला ः नेपालको आर्थिक तथा सामाजिक विकासमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु महत्वपूर्ण साझेदारको रूपमा रहेको पाइन्छ । नेपालको संविधानले यस किसिमका सङ्घ÷संस्थाको लगानी र भूमिकालाई राष्ट्रिय आवश्यकता र प्राथमिकता प्राप्त क्षेत्रमा संलग्न गराउने विषय प्रष्ट पारेको देखिन्छ  ।

प्लान नेपालको आर्थिक सहयोगमा आत्मा सम्मानका लागी सहकार्य क्याड नेपाल जुम्लाले कुरीती बिरुद्धका बिभिन्न अभियान थालेको छ । बालविवाह ,अंपांगता भएका ब्यक्तिको हक अधिकार र छाउपडी प्रथा जस्ता बिषय बस्तुमा टेकेर काम गर्दै आएको छ ।
जुम्ला जिल्लामा बालविवाहको अवस्था गम्भिर बन्दै गएको वर्तमान परिवेशमा क्याड नेपाल जुम्लाले बालविवाह रोकथामका लागी पालिका स्तरमा रणनितिक योजना ,निमार्णमा भुमिका खेलेको क्याड नेपाल जुम्लाका संयोजक गिरीराज अधिकारीले बताए ।उनले भने, जुम्लाको हिमागाउपालिका महिला संञ्जाल संग समन्वय गरेर घरेलु हिंसा ,बालविवाह , छाउपडी बिरुद्ध सचेतनाका कार्याक्रम गर्दै आएको छ ।

त्यस्तै सिजागाउपालिकामा अपांग संञ्जालसंगको समन्वयमा काम गर्दै आएको छ । त्यस्तै कनकासुन्दरी गाउपालिकामा दलित समुह संगको समन्वयमा काम गर्दै आएको छ । सुरक्षित विद्यालय, यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि चेतना, युवा, महिला, बालबालिकाहरुलाई स्थानीय स्तरमा रोजगारका अवसर एवं परिवर्तनका संवाहक मार्फत बिभिन्न कार्यक्रम गरेको बताए ।
सोमबार पत्रकारहरुसंग भेटकाट कार्यक्रमा संयोजक अधिकारीले क्याडले संञ्चालन गर्दै आएका क्रियाकलाप र आगामी दिनमा संञ्चालन हुने गतिबिधिका बारेमा सुझाव संकलन गरेको बताए ।

त्यस्तै नेपाल पत्रकारमहासंघका अध्यक्ष नेत्रबहादुर शाहीले ग्रमिण भेगको आबश्यकताको आधारमा कर्याक्रम संञ्चालन गर्न अनुरोध गरे । उनले फिल्ड क्षेत्रमा बिभिन्न संस्थाले संचालन गर्ने हरेका क्रियाकलापको बिषयमा अनुगमन गर्ने, नियमन गर्ने निकाय हुनु पर्ने बताए ।
त्यस्तै पत्रकारमहासंघका उपाध्यक्ष दिलमाया शाहीले बालिविवाहले किशोर किशोरीमा नकारात्मक प्रभाव गरेको छ । बालविवाहले महिलाको प्रजनन स्वास्थ्यमा समस्या भई यसको असर जीवनकालभर रहने हुदा अन्त्ये गर्र्नु पर्ने बताइन । उनका अनुसार समाजिक कुरीती रोक्नका लागी सबैको समन्वय सकहकार्य आबश्यक रहेको छ ।

सम्बन्धित समाचार