जुम्ला ः ‘सभ्यसमाजको पहिचानः लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने नारा जुम्लाका ग्रमिण भेगमा १६ दिने अभियानको चल्छ । यो अभियान यस वर्ष पनि सकिएको छ । लैंगिक हिंसा विरुद्धको अभियान सूरु भन्दै ¥याली अन्तरक्रियात्मक हुन्छ ।तर बिडम्बना एक वर्षमा ३ सय ६५ दिन हुन्छ ।त्यो अभियान १६ दिन मात्रै चल्छ अनि कार्यक्रममै मात्रै सिमित हुने गरेको छ ।
दिनप्रतिदिन महिला हिंसाका घटना बढी रहेका छन । आत्मा सम्मानका लागी सहकार्य क्यडा नेपाल जुम्लाका संयोजक गिरी राज अधिकारीले लैङ्गिक हिंसा विरुद्धको अभियान १६ दिन मात्र नभई ३ सय ६५ दिन नै सचेत ढंगले यो अभियान चलाउनु पर्ने बताए । उनले,जुम्लाकाको हिमा गाउँपालिकामा महिला संजाल छ । उनले भनिन,लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको शुरुवात महिला विरुद्धको हिंसा अन्त्यकालागि मात्रै सबैको लागी भएको बताए ।
त्यस्तै हिमा महिला संजालकी अध्यक्ष दानकला शाहीले महिला माथि हुने हिंसा मानव अधिकार हनन्को सवाल भएको बताइन । उनले भनिन सबै महिला समाजमा हुने हिंसात्मक गतिबिधि बिरुद्ध एक जुट हुनुपर्ने बताइन ।
त्यस्तै हिमा गाउपालिका महिला शाखाका प्रमुख राज्यलक्ष्मी खत्रीले महिला विरुद्ध हुने हिंसाका सम्बन्धमा आवाज उठाउनु पर्ने बताइन ।उनले समाजमा महिला माथि हुने गरेका अन्याय अत्याचार र कुसंस्कारको विरुद्ध सामाजिक परिवर्तन सधैभरी तयार हुने बताइन । त्यस्तै स्थानीय महिला तारा शाहीले समाजमा रहेका पित्तृसत्तात्मक सोच, सामाजिक मुल्यमान्यता, शोषण, जातीयविभेद र चरम लैंगिकविभेद विरुद्धको लडाइ यो १६ दिनको अभियानले मात्रै नहुने बताइन ।
त्यस्तै दिगो खानेपानी तथा सरसफाइ सवच्छता सम्बन्धी कामगर्दै आएकी कार्यक्रम संयोजक सुमिता शाहीले महिला विरुद्ध हुने हिंसाका सवालमा सचेतना मुलक कार्यक्रमहरु संचालन आबश्यक रहेको बताइन । उनले भनिन लैंगिक हिंसा विरुद्धको अभियानलाई स्थानीय सरकारले संचालन गर्नु पर्ने बताइन । लैंगिक हिंसा विरुद्धको अभियान हिमागाउँपालिका महिला तथा बालबालिका शाखा दिगो खानेपानी तथा सरसफाइ सवच्छता क्षेत्रका काम गर्ने संस्था र आत्मा सम्मानको लागी सहकार्य क्याड नेपाल जुम्लाको समन्वयमा सम्मापन भएको हो ।