काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् । प्रचण्डलाई भेट्न पौडेल सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालय पुगेका थिए ।
उक्त भेटमा नेसपाका डा. बाबुराम भट्टराई र महिन्द्र राय यादव पनि सहभागी थिए । भेटमा समसामयिक राजनीतिक परिस्थिति, निर्वाचन परिणाम र सरकार गठनका बारेमा कुराकानी भएको थियो ।
त्यसक्रममा पौडेलले आफूलाई प्रधानमन्त्री बन्न सघाउन प्रचण्डलाई आग्रह गरेको स्रोतले जानकारी दिएको छ ।
चुनावको परिणाम आएसँगै दलहरू सरकार गठनको जोडघटाउमा लागेका छन् । सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्रीमा दाबी गरिरहेको छ ।