जुम्ला ः जिल्ला प्रहरी कार्यालय जुम्लाले जडिबुटी बोकेर आउदै गरेको ट्याक्टर नियन्त्रणमा लिएको छ। डोल्पा जिल्ला बाट जुम्ला तर्फ आउदै गरेको भे २ त १४९१ नम्बरको ट्रयाक्टर नियन्त्रण लिइएको हो। मंसिर १८ गते बेलुका ७ बजेर ५० मिनेटमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
ट्रयाक्टरमा सुनपाती नामक २० बोरा जडिबुटी रहेको प्रहरीले जनाएको छ। गुठिचौर गाउँपालिका – १ अस्थायी प्रहरी पोष्ट चौत्राबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा फेला पारेको हो। जडिबुटीको छुट पुर्जी नभेटिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी नरेन्द चन्दले बताए। उनका अनुसार आवश्यक कार्वाहीका लागि ट्रयाक्टर चालक र सुनपाती नामक जडिबुटीडि डिभिजन बन कार्यालय जुम्लामा बुझाईएको छ।