जुम्ला ः ईन्टरनेश्नल नेपाल फेलोसिप (आईएनएफ) जुम्लाले ७० औ बर्ष पुरा गरेको छ ।आईएनएफले पछिल्लो समयमा कार्यक्षेत्र भएको कनकासुन्दरी, पातारासी र गुठिचौर गाउँपालिकाका जनप्रतिनिधि र सरोकारवाला निकायको उपस्थितिमा आफ्नो दिवश मनाएको छ । दिवशको अवसरमा आईएन एफले ईतिहास र गरेका कामको जानकारी गरेको छ । जिल्ला परियोजना संयोजक ईन्द्रबहादुर विश्वकर्माले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
दिवशमा शुभकामना दिदै पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह वोहराले आईएनएफका राम्रा काममा स्थानीय सरकारले पनि लगानी गर्नुपर्ने बताए । उनले भने, समुदायका कामका आईएनएफबाट सिक्नुपर्ने भएकाले समन्वय सहकार्य बढाउनेमा जोड छ ।
गुठिचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले संसारमा पदमा जति पुगेपनि मानवीय सेवानै ठूलो भएकाले आईएनएफको मिसन भिजन अनुसारको कामलाई सम्मान अनुसार काम गरेको जोड दिए । उपाध्यक्ष शान्ति मल्ल भण्डारीले सामाजिक क्षेत्रमा आईएनएफको राम्रो काम भएकाले स्थानीय सरकारले आवश्यक सहयोग गर्ने बताइन ।
त्यस्तै कनकासुन्दरी गाउँपालिका उपाध्यक्ष प्रेमकली बुढाले ओढारमा बस्न वाध्य कुष्ठरोगी लाई उपचार गर्ने काम ठूलो मानवीय धर्म रहेको बताइन ।
त्यस्तै परियोजना संयोजक विश्वकर्माले वेलायती डाक्टर लिली सहितको टिम भारत हुदै पोखरामा सन १९५२ मा कास्कीको पोखरामा सानो खरको छानोमा स्वास्थ्य सेवा शुरु गर्दै, आई साईनिङ अस्पतालबाट शुरु गरिएको सेवा नेपालगंज, सुर्खेत र जुम्लामा पनि काम भएको थियो ।
पछिल्लो समय सामाजिक विकासमा काम गरिरहेको जानकारी दिनुभयो । आईएफले वार्षिक उत्सवको अवसरमा देउडा गित मार्फत सचेतना कार्यक्रम समेत गरेको थियो ।
बार्षिक उत्सवमा आईएनएफले कुष्ठरोग निवारण, कुपोषण न्यूनिकरण, विपन्नको स्वास्थ्य उपचार, क्लिनिक सेवा हुदै हाल सामाजिक विकासको काम गरेको बिषयमा प्रभावकारी भएको भन्दै सरोकारवाला निकायले धन्यवाद ज्ञापन गरेका थिए ।
बार्षिक उत्सवको अवसरमा १० बर्ष काम गरेका कर्मचारीलाई आईएनएफले सम्मान गरेको छ भने परियोजना सचालित गाउँपालिकालाई सम्मान गरिएका छन् ।