काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला प्रतिनिधि सभाको निर्वाचनमा मोरङ २ बाट पराजित भएकी छन् । उनलाई एमालेका ऋषिकेश पोखरेलले पराजित गरेका छन् । पोखरेल ३३हजार ४ सय १८ मतका साथ विजयी हुँदा कोइरालाले ३१ हजार ९ सय ४० मत पाइन् ।
२०७४ मा वाम गठबन्धन हुँदा पनि कांग्रेका मिनेन्द्र रिजाल विजयी भएका थिए । तर अहिले भने पाँचदलीय गठबन्धन हुँदा पनि कोइराला विजयी हुन सकिनन् । यो निर्वाचन क्षेत्र स्वर्गीय गिरिजाप्रसाद कोइराला चुनाव लड्दै आएको क्षेत्र हो । तर उनकी छोरी सुजाताले त्यो विरासत जोगाउन सकिनन् ।
२०६४ को पहिलो संविधानसभा चुनावमा सुनसरी ५ बाट सुजाता पराजित भएकी थिइन । २०७० मा भने सुजाता समानुपातिकमा बसेकी थिइन । २०७४ को प्रतिनिधिसभामा समेत उनी समानुपातिक सांसद बनेकी थिइन् ।