काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चुनाव जितेकोमा बधाइ दिएका छन् ।
बिहीबार ओलीले प्रचण्डबीच फोन संवाद भएको बताइएको छ ।
तत्कालीन नेकपा खारेज भएर तिक्तापूर्ण सम्बन्ध रहेका प्रचण्डलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले फोन गरेका हुन्।
झण्डै आधा घण्टा नै भएको उक्त फोन संवादका क्रममा ओलीले गोरखा २ बाट प्रतिनिधिसभामा निर्वाचित भएकोमा प्रचण्डलाई बधाई दिएका छन्। प्रचण्डले पनि भारी मतका साथ चुनाव जितेकोमा ओलीलाई बधाइ दिएका थिए ।
ओलीले चुनावको परिणामबारे चासो राखेपनि प्रचण्डले केहि जवाफ नदिएको बताइएको छ ।
आजै ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि फोन गरेर चुनाव जितेकोमा बधाई दिएका थिए ।
चुनावको नतिजाले गठबन्धन सरकार बनाउनुपर्ने स्पष्ट संकेत गरेका बेला सत्ता गठबन्धनका एक नेता प्रचण्डलाई ओलीले फोन गर्नुलाई महत्त्वपूर्ण मानिएको छ ।