काठमाडौं । कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी भएका छन् ।
नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरीलाई ५ हजार बढी मतान्तरले हराउँदै चौधरी निर्वाचित भएका हुन् ।
अन्तिम मतपरिणाम अनुसार गंगारामले २३ हजार १ सय २० मत पाएका छन् भने कृष्णकुमारले १७ हजार ७ सय ४९ मत पाए ।
नेकपा एमालेका गौरीशंकर चौधरीले ९ हजार ८ सय ७४ मत पाए ।