पत्रकारलाई निर्वाचन सम्बन्धी अभिमुखीकरण

जुम्लाका क्रियाशिल पत्रकारलाई निर्वाचन सम्बन्धी अभिमुखीकरण तालिम जिल्लामा गरिएको छ । जिल्ला निर्वाचन कार्यालय जुम्लाको आयोजना तथा राष्ट्रिय समाचार समितिको सहकार्य र नेपाल पत्रकार महासंघ शाखा जुम्लाको समन्वयमा जिल्ला स्तरीय मिडिया अभिमुखीकरण कार्यक्रम भएको थियो ।
जिल्ला निर्वाचन परिचालन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले आसन्न मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई निपक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नेका लागि राज्यका सबै निकायको महत्वपूर्ण भुमिका हुने भएकोले सबैको सहयोग आवश्यक रहेको प्रजिअ केशरीले दिए ।
जिल्लाका ६० वटा वडामै महिला स्वास्थ्य स्वयंसेविका बाट मतदाता शिक्षा कार्यक्रम लागु भई संचालनमा आएको जिल्ला निर्वाचन परिचलान समितिले जनाएको छ । जिल्लाको शान्ति सुरक्षा कायम गर्ने प्रशासनको प्रमुख जिम्मेवारी रहेको प्रशासनले जनाएको छ ।
मुख्य निर्वाचन कार्यालयका प्रमुख विष्णु प्रसाद गौतमले निर्वाचनको अवधिभर नागरिकलाई निर्वाचनका सहिसुचना दिनका लागि पत्रकारको अहम भुमिका रहेको बताए ।
आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पूर्णपालना गर्ने सबैको काम भएको आचारसंहिता पालना नगर्ने लाई आयोगले कानुन अनुसार कार्वाही गरिने मुख्य निर्वाचन प्रमुख गौतमले जानकारी दिए । जिल्लाको निर्वाचन तयारी अन्तिम चरणमा पुगेको छ । मतदान केन्द्र र मतदान स्थालमा कर्मचारी खटाउन बाकी रहेको छ ।
अरु निर्वाचन सम्बन्धी सबै काम भइसकेको मुख्य निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । जिल्लामा कुल १०६ मतदान केन्द्र ,८३ वटा मतदान स्थल र दुई अस्थाई मतदान स्थल कायम गरिएको छ ।
जिल्लाको कुल ६८ हजार ६३८ मतदाता संख्या रहेको निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले बताउनुभयो । प्रदेश सभा निर्वाचन (क) मा ३६ हजार ७८३ जना र प्रदेशसभा (ख) मा ३१ हजार ८५५ जना मतदाता रहेको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । जिल्लामा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको छ । निर्वाचनको समय अवधिभर पत्रकारले गर्नुपर्ने काम र कर्तव्यको बारेमा नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले जानकारी गराएका थिए ।








