चोरीका कारण जुम्लामा आगलागीका घट्ना बढ्दै

जुम्ला ः सुन्दा सामान्य लाग्ने र ’माइनर क्राइम’ का रूपमा लिने गरिएको चोरीका घटनाबाट जुम्ली समाज आक्रान्त छ। जतिवेला ठूला चाडपर्वको माहोल सूरु हुन्छ । चाडपर्वमा सबै अल्मल्याइदिन्छ। नागरिक आफ्नै घर र धनसम्पत्तिको सुरक्षामा पनि बेपर्वाह बनिदिन्छन्। अनि चोरले मौका पाउँछन्, ।

त्यहीकारण चाडबाडको मौसमसँगै प्रहरीको अनिंदो पनि बढ्न थाल्छ । हुन त प्रहरीले देशभरका प्रहरी कार्यालयहरूले चाडबाडकेन्द्रित सुरक्षा योजना बनाउने क्रम तीव्र बढेको पाइनछ ।जुन मूलतः चोरी नियन्त्रणमै केन्द्रित हुन्छ । दशैं, तिहारलगायतका ठूला चाडबाडका बेला धेरैका घरमा धनमाल हुन्छ। सबै व्यस्त हुने र शहरबजारमा बस्नेहरू गाउँतिर लाग्ने भएकाले चोरहरू चाडबाडमा बढी सक्रिय हुन्छन्।
जसको उदारण हो दशैको दुइ दिन पछाडी अर्थात ,असोज २१ गते राती बिरेन्द्र कपडा पसल र बिष्णु सुनचाँदी पसलमा आग्लागी भयो । त्यो आग्लागीको कारण पनि चोरीनै थियो ।

चन्दननाथ नगरपालिका नौका तिलक भण्डारीको कपडा पसलको टहराको पछाडी पट्टीको पर्खाल भत्काइएको थियो । त्यो पर्खाल भत्काइएको प्वालबाट सामान चोरी गर्न नसके पछि आगोलाईएको अनुमान सजिलै गर्न सकिन्छ । आगो लगाउदा सबै समाज जलेर नष्ट भयो । जसका कारण बिरेन्द्र कपडा पसल र बिष्णु सुनचाँदी पसलबाट करोडौको क्षेति भयो ।

त्यस्तै तिहार नजिकिदै गर्दा जुम्लाको आर्को घटना छ । शनिबार राती नौ बजेको समयमा न्यु लक्ष्मी सर्वेसिङ सेन्टरमा आग्लागी गरिएको छ । चन्दनाथ नगरपालिका ४का नन्दु सार्कीले संञ्चालन गरेको सर्वेसिङ सेन्टरमा डिजल र पोटल छर्केर आग्लागी गरेको पाइएको छ । संञ्चालक नन्दु सार्की भन्छन ,शनिवार भएकाले ५ बजे तिर पसल बन्द गरेर घर गएको थियो ।

राती साढे नौ बजेतिर पसलमा आगलागी भएको अवर मासु पसलका साउजीले गरेको बताए । उनका अनुसार सटर फोडेर सामान चोर्ने सम्भानवा नदेखे पछि आग्लागी गरिएको हो । उनले भने,” मोटरसाइकल ,र अटो सर्वेसिङका सबै मेसिनरी सामाज नष्ट भएको छ ।
सार्कीका अनुसार २५ लाख बराबरको सामान नष्ट भएको छ ।उनले भने,”एक वर्ष अगाडी मोटर साइकल र लेखमा रहेको आटीमा पनि आग्लागी गरिएको थियो ।यतिबेला पनि पसलमा आग्लागी गरियो । साकीले भने, नौ बजे पसलमा आउदा सबै स्थानीय प्रहरी नगरको दमाकल आएर आगोनियन्त्रण गरिएको थियो । घरमा बिहान उठदा पालेर राखेका तिनवटा हाँसको घाँटी काटेर मारिएको छ ।

त्यस्तै नन्दु सार्कीले तिलागाउँपालिका ५ कालिबहादुर बुढाको जुम्लाको बसपार्कमा रहेको घरको सटर भाडामा लियर पसल संञ्चालन गरेक थिए । घर मुली काली बहादुर बुढाले भने, राती आगोलागेर निभाउनका लागी अरु आयर हल्ला गरेपछि थाहा पाएको बताए । उनले भने, सबै सुतिसकेको समयमान आग्लागी भएको खण्डमा पुरै घर नष्ट हुने थियो । नौ बजे भएकाले सबैको सहयोगमा आगो नियन्त्रणमा आयो । घरमा भाडा लियर बसेका सबै बाँच्न सफल भए । घरमुली बुढाका अनुसार आफुले त्यही सटरमा गोदम गरेर राखेको सामान समेत नष्ट भएको बताएका छन ।
त्यस्तै जुम्लाका प्रहरी निरिक्षक धर्मराज जोसीले आग्लागी के कसरी भयो भन्ने बिषयमा अनुसन्धान भइरहेको बताए ।
सबभन्दा बढी चोरीका घटना चाडबाडको समयमा हुने गरेको नेपाल प्रहरीको अपराध सम्बन्धी वार्षिक आँकडाले देखाउँछ। यसबाट जुम्ला लगायत देशका कुनै भाग अछुतो छैनन्।प्रहरीको वार्षिक अपराध चार्ट भित्र महत्वका साथ समेटिने गरे पनि चोरीका घटनालाई प्रायः सामान्य अपराधका रूपमा लिने गरिएको पाइन्छ ।

त्यस्तै जुम्लाका हुने पटक पटकका चोरी आग्लागी जस्ता घटनालेआम मानिस सुरक्षित छन् वा छैनन् भनेर हेर्ने एउटा आधार चोरीका घटना हुन्छन् या हुँदैनन् भन्ने पनि हो।तर, चोरीको समस्याबाट पीडित नहुने समुदाय, क्षेत्र, पेशा र वर्ग छैनन्। चोरीका घटना बढ्दा आम मानिसमा प्रहरीप्रतिको भरोसामा ह्रास आइरहेको छ ।अझै जुम्लाको हकमा जति पनि अपराधिक घटना गुपचुपमा रहेका छन ।यी घटना प्रतिप्रहरीको पनि लाहप्रबाही रहेको जुम्ला बासीको अरोपछ ।

त्यस्तै स्थानीय गोबिन्द्र शाहीका अनुसार जुम्लामा चोरीका घटना बढ्नुमा लागुऔषद दुर्वेसनि बढेको भन्ने पनि बुझिन्छ । उनले भने, जुम्लामा अपराधिक गतिबिधि बढ्नुमा प्रहरीको पनि केही हात छ । उनका अनुसार प्रहरीका गुप्तचरहरु सबै स्थानीय छन । यसकारण जुम्लामा भएका अपराधिक गतिबिधि बाहिर आउन नसेका हुन ।
घटना अनुसन्धान कठिन

तत्कालीन प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाइ हुदा जुम्ला बजारका मुख्य मुख्य चोकमा सिसिटभि राख्ने निणर्य भएको थियो ।चोरी जस्ता अपराधिक जन्य गतिबिति रोक्न र प्रहरीलाई अनुसन्धानमा सह जगर्नका लागी यस्तो निणर्य भएको हो ।

प्रशासनले सिसिटिभि राख्न्े अनुमती दिने र चन्दननाथ नगरपालिकाको आर्थिक सहयोगमा राख्ने भएिको थियो ।त्यो निणर्य कार्यन्वयन नहुदा सुरक्षालाई अनुसन्धान गर्न चुनौती बनेको नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताए । उनले भने, जुम्लाका हुने अपराधिक गतिबिधि रोक्नका लागी सिसिटिभ अतिआबश्यक छ ।

त्यस्तै नेपाल पत्रकारमाहासंघका अध्यक्ष नेत्रबहादुर शाहीले सवारी साधनहरुमा आग्लागी गर्ने समुह पनि जुम्लामा छन । उनले भने,चोरीलाई ’शहरी जीवन निर्वाहको पेशा’ बनाउनेदेखि मोजमस्तीका निम्ति चोरी गर्नेहरूका समूह बढ्न थालेको छ । यस्ता गतिविधि रोक्नका लागी प्रहरीलाई पनि सबैको सहयोग आबश्यक छ ।

सम्बन्धित समाचार