बाढि पहिरोले अवरुद्ध नाग्म–गमगडि राजमार्ग संञ्चालन

जुम्ला ः जुम्ला नाग्म – गमगडि राजमार्ग खुलेको छ । बाढि पहिरोले अवरुद्ध भएको नाग्म–गमगडि राजमार्गमा पहिरो पञ्छाएपछि संञ्चालनमा आएको हो ।सड्क डिभिजन कार्यालय जुम्लाले नाग्म– गमगडि राजमार्ग खुलाईएको बताएको छ । सड्क डिभिजन कार्यालयका प्रमुख राजिव श्रेष्ठका अनुसार ९३ किलोमिटरको उक्त राजमार्ग १५ दिनको काम पछि खुलाईएको हो ।नाग्म गमगडि राजमार्गको हिमा गाउँपालिकामा सवै भन्दा बढि पहिरो गएको थियो ।

सडईन्जिनियर गणेश भक्रीले हिमा गाउँपालिकाको बाजागादेखी भुगोलपाट सम्म मात्रै करिब ८ किलोमिटर लामो पहिरो गएको थियो, सो पहिरो पनि पञ्छाएपछि सड्क खुलेको छ । उनले नाग्म गमगडि राजमार्गको ९३ किलोमिटरमा १५० पहिरो पञ्छाईएको हो ।
हिमा गाउँपालिकाको बुअ पाखा, बाजागाडा, बड्की, देवारगाउँ, आचार्य लिहीमा र कनकासुन्दरीको जिअ भिड, मुगुको झ्यारी, ताल्चामा खसेको कठिन पहिरो पनि पञ्छाईएको हो । पहिरो पञ्छाएपछि करिब १५ दिन पछि मोटरसाईकल गुडि सकेका छन् भने साँघुरो स्थानमा तत्कालका लागि जाली हालेर गाडि गुडाउने तयारी भईरहेको छ ।

त्यस्तै जुम्ला नाग्म सडक खण्ड र नाग्म गमगडि राजमार्ग पहिरो पञ्छाएर खोलेपछि आन्तरिक यातायात सुचारु भएको छ । जुम्ला बजार देखी नाग्म र सिंजा क्षेत्रमा सड्क खुलेपछि यातायात सुचारु हुने भएको छ । आन्तरिक यातायात सुचारु पछि विरामी सजिलै अस्पताल आउन सकिने भएको छ ।

त्यस्तै पहिरो पञ्छाएपछि धेरै स्थानमा अझै पहिरोको जोखिम रहेको छ, नाग्म गमगडि राजमार्गलाई विशेष प्याकेज गरेर सड्क पुर्न निर्माणको बजेट विनियोजन गर्न आवश्यक रहेको स्थानीय सरकारको माग छ । हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीका अनुसार धेरे स्थानमा सड्क क्षेत विच्छेद भएकाले स्वरुपनै बदलिएको छ । गुणस्तरीय र दिगो सड्कका लागि सरकारले नाग्म गमगडि रमाजमार्गलाई प्रथामिकता दिन आवश्यक रहेको छ । .

 

सम्बन्धित समाचार