यि हुन युवा उद्यमी जसले जुम्लाका ७० जनालाई रोजगारी दिदै

जुम्ला ः चन्दननाथ नगरपालिका – ५ कालेखोलीका मनोज बुढाथोकी मगरले ७० जनालाई रोजगारी दिएका छन ।उनले बैदेशिक रोजगारीका लागी विदेसिने युवा शत्तिललाई स्वदेसमै स्वरोजगारीको सृजना गर्ने लक्ष्यले ७० जनालाई रोजगारी दिइएको हो ।
त्यस्तै स्वदेशमा रोजगारको अवसरमा नपाएका करिब युवा दिनप्रतिदिन रोजगारीको लागि भरततर्फ लाग्ने गरेको उद्योग संञ्चालक बुढाथोकी मगरले बताए । उनले भने, अहिलेका युवाहरु बैदेशिक रोजगारमा युवालाई देशमै आफ्नै स्वरोजगार बनाउने बतावरण ल्याउन जरुरी छ । युवाहरु स्वरोजगार तर्फ उन्मुन हुनु पर्ने त्यस्का लागि स्थानिय सरकार पनि जागुरुप हुन पर्छ ।
त्यस्तै मनोज बुढाथोकी मगरले एम्स एग्रीकल्चर रिसर्च सेन्टर सञ्चालन गरेका छन् । उनले एउदै रिसर्ज सेन्टर मार्फत धेरै उद्यमशिलताका काम गर्दै आएको बताए ।इट्टा उत्पादन, ग्रिल निर्माण, कुटानीपिसानी पिल, व्यावसायिक बङ्गुर पालनसहित बोडिङ स्कूल सञ्चालन गरेका छन् ।

यिनै उद्यमशिलता मध्ये एक हो बङ्गुर पालन

उनले व्यावसायिक बङ्गुर पालन गरेर बजारको फोहोरलाई मोहोरका रुपमा प्रयोग गरिरहेका छन् । आर्थिक समृद्धि, रोजगारी सृजना र फोहोर व्यवस्थापनको दिगो लक्ष्य राखी एक वर्ष अघिदेखि ६ लाख रुपैयाँ लगानीमा बङ्गुर पालन व्यवसाय सुरु गरेका हुन् ।
एम्स एग्रीकल्चर रिसर्च सेन्टरद्वारा उद्यमी मनोजले व्यवसाय शुरु गर्दा ३ वटा बङ्गुर थिए, अहिले ४५ वटा पुगेका छन् ।

“बहुउद्देश्यीय लक्ष्यले बङ्गुर पालन सुरु गरिएको उनले बताए । बजारमा फोहोर बढ्दै गएपछि चन्दननाथ नगरपालिकालाई व्यवस्थापनको समस्या पनि उतिकै छ । तर बङ्गुर पालेर बजारको फोहोरलाई मोहोरका रुपमा प्रयोग गरिरहेका छन् उनले ।बङ्गुर फर्म आसपासको जग्गा लिजमा लिएर व्यावसायिक तरकारी खेती गर्ने र बङ्गुरको दिसालाई मलका रुपमा प्रयोग गर्ने योजना उद्यमी मनोजले बनाएका छन् ।

बजारको फोहोर खुवाउने, दिसा मलका रुपमा प्रयोग गरी तरकारी खेती गर्ने बहुउद्देश्यीय लक्ष्य सफलता उन्मुख छ उनले भने ।दैनिक रुपमा बजारको झण्डै ३ क्विन्टल कुहिने फोहोर व्यक्तिगत रुपमा सङ्कलन गरी बङ्गुरको दानाको रुपमा प्रयोग गरिरहेका छन् ।
बङ्गुरको दानाका लागि मनोजले व्यक्तिगत रुपमा फोहोर उठाउँदा पछिल्लो समय बजारको फोहोर कम हुँदै गएको उनले बताए । चाँडै जुम्लामा बङ्गुरको प्याकेजिङ मासु विक्री गर्ने तयारी समेत भइरहेको छ । उनले भने मगरले बङ्गुर पालेर एकातिर उद्यमशीलता, रोजगारी सृजना र आर्थिक आम्दानी गर्नुका साथै अर्कोतिर फोहोरको दीर्घकालीन व्यवस्थापनको उत्तम विकल्प हो ।

 


यिनै विभिन्न उद्यमशिलताबाट ७० जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् । बङ्गुर पालनपछि कुटानी पिसानी मिल समेत सञ्चालनमा ल्याइएको छ । जसबाट स्थानीयलाई राहत भएको छ । राजनीतिसँगै उद्यमशीलतामा सफल बन्दै गएका उद्यमी मनोजले आर्थिक समृद्धिका लागि उत्पादन वृद्धि र उद्यमशीलतामा जोड दिएका छन् । उद्यमशीलतामा लगानी बढाए अबको २० वर्षपछि जुम्लासहित मुलुक परनिर्भरताबाट मुक्त हुने उनले विश्वास गरेका छन् ।

मनोज बुढाथोकी मगर उद्यमी भन्दा पहिला उनी राजनीतिज्ञ हुन् । नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश कमिटि सदस्य हुन् । विद्यार्थी जीवनदेखि राजनीतिक गर्दै आएका मनोजले ०७४ सालदेखि स्वदेशमै स्वरोजगार खोज्दै उद्यमशिलता गर्न थाले छन ।

सम्बन्धित समाचार