धेरै कुराको सुरुवात गरेका थिए सत्यमोहन

काठमाडौं । एक शताब्दीभन्दा तीन बर्ष बढी बाँचेका सत्यमोहन जोशी (१०३) को आइतबार मृत्यु भएको छ । उनेको मृत्यु किस्ट अस्पतालमामा भएको हो । सत्यमोहनले बाँचुन्जेल थुप्रै ऐतिहासिक काम गरे ।

जीवित रहँदै हुलाक टिकट

उनले बाँचेकै बेला आफ्नो तस्वीर अङ्कित हुलाक टिकट देख्न पाए । राजपरिवारबाहिरका कुनै पनि नेपालीको यसरी जीवित अवस्थामै टिकट प्रकाशित भएको त्यो पहिलो घटना थियो । उनको चित्रअङ्कित हुलाक टिकट ऐतिहासिक बन्न पुग्यो ।

ललितपुर महानगरपालिकाले पहल सुरु गरेअनुसार २०७६ चैत ९ गतेको मन्त्रिपरिषद् बैठकले टिकट प्रकाशनको निर्णय गरेको थियो । त्यसैअनुसार इन्डोनेसियाबाट छापिएर आएको त्यो टिकटमा २०७७ माघ २० गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट मेरै उपस्थितिमा पहिलो टाँचा लगाइयो । त्यस दिन राष्ट्रपति भवनमा राष्ट्र प्रमुखसँग मेरो सामान्य भलाकुसारी पनि भएको थियो । त्यसअगावै मैले राष्ट्रपतिबाट त्यसै भवनमा महाउज्ज्वल राष्ट्रदीप ९प्रथम० र पृथ्वी प्रज्ञा पुरस्कार ग्रहण गरिसकेको थिएँ,ु गिरिश गिरीद्वारा लिखित सत्यमोहन जीवनी पुस्तकमा २८७ मा उल्लेख गरिएको छ ।

जीवनकालमा उनका तस्वीरअङ्कित टिकट जारी भएर समारोहबाट फर्केपछि उनले आफ्ना सङ्कलनका हुलाक टिकटहरू पल्टाएर हेरे । त्यसमा बाल्यकालदेखिका सम्झनाहरू गाँसिएका थिए । उनी हुलाकले के(कस्ता टिकटहरू प्रचलनमा ल्याउँछ भनेर जिज्ञासा राख्ने र खोजी गर्ने काम सानैदेखि गर्थे ।

नेपालमा हुलाक टिकटको प्रकाशन सन् १८८१ बाट सुरू भयो । त्यसको पाँच वर्षपछि भने नेपाली कागजमै टिकट प्रकाशन सुरू भयो । मेरो सङ्कलनमा रहेको ुभर्मेलियनु टिकट चौथोपटक छापिँदाको अर्थात् सन् १८९९ देखि १९१८ बीचको अवधिको हो, पुस्तकमा उल्लेख छ ।

पुरातत्त्व तथा संस्कृति विभागमा पहिलो निर्देशक

सत्यमोहनले विसं २०१६ सालमा स्थापना भएको पुरातत्त्व तथा संस्कृति विभागको पहिलो निर्देशक हुने अवसर पाएका थिए । तर, आफू निर्देशक भएको कुरा सत्यमोहनलाई पत्यार लागेकै थिएन ।

२०१६ साल जेठ १३ गते मुलुकलाई विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वमा इतिहासमै पहिलो जननिर्वाचित सरकार बनेको बेला विभागको स्थापना भएको थियो । ुत्यतिन्जेल पुरातत्त्वको नामले एउटा झिनो किसिमको अड्डा जेनतेन चलेको थियो तर संस्कृति त त्यसभन्दा अघि प्रशासनिक निकायमा कहिल्यै प्रचलनमा समेत नआएको नाम थियो ।

स्वाभाविक छ, त्यस बेला यस नामको अर्थ पनि कसैले बुझ्दैनथे । अनि यस्तोमा ुसत्यमोहन जोशी पुरातत्त्व तथा संस्कृति विभागको डाइरेक्टर नियुक्त भनेर समाचार आयो । त्यतिखेर खरदारसरह जागिरे रहेको मलाई भने कतैबाट पनि त्यो सरकारकै विशिष्ट सेवाअन्तर्गत विभागीय प्रमुखमा नाम निस्केको सत्यमोहन जोशी आफू भएको विश्वास भएन,ु सत्यमोहनको जीवनीको पृष्ठ १२१ मन लेखिएको छ, ुत्यस घडी म सिंहदरबारस्थित योजना आयोगमा काजमा कार्यरत थिएँ । नियुक्तिको समाचार सुन्दाचाहिँ धर्मोदय सभाको तर्फबाट चीन भ्रमण गरेर भर्खर काठमाडौं भित्रिएको बेला थियो ।ु

सत्यमोहनले आफ्नो नाम डाइरेक्टरमा सुन्दा अरु नै होला भन्ने ठानेका थिए । उनी सुरुमा त दाबी गर्न पनि गएनन् । ुअलिक दिनसम्म पनि त्यो मानिसबाट थप जानकारी नआएपछि धेरैले ुतिमी नै होलाु भन्न थाले । फेरि अर्का थरी मानिसहरूचाहिँ नजाऊ है, कोही अर्कै रहेछ भने लाजमर्नु भएर फर्किनुपर्छ पनि भन्थे,आत्मकथामा उल्लेख छ ।

पछि तत्कालीन विभागीय अर्थात् शिक्षामन्त्री परशुनारायण चौधरीसँग सोधखोज गर्दा डाइरेक्टर त उनैलाई नियुक्त गरिएको रहेछ । त्यसपछि उनले पुरातत्त्व तथा संस्कृति विभागमा गएर पद सम्हाले ।

त्‍यसैगरी, थुप्रै अवसर यस्ता थिए, जुन उनले पहिलो नेपालीहरूमध्येकै पहिलोपटक प्राप्त गरेका थिए । चीनमा गएर अरनिले गरेको योगदानबारे विस्तृत अध्ययन गर्ने पहिलो नेपाली पनि सत्यमोहन नै थिए । २०१३ सालमा काठमाडौँमा सम्पन्न चौथो विश्व बौद्ध सम्मेलनले उनको पहिलो चीन भ्रमणको आधारभूमि तय गरेको थियो । सम्मेलनपश्चात् चीनको प्रतिनिधि टोलीले भ्रमणका लागि निम्तो गरेको थियो । त्यसपछि सत्यमोहनको नेतृत्वमा ६ सदस्यीय टोली चीन पुगेको थियो ।

त्यसैगरी, नेपालमा सर्वाधिक तीनपटक मदन पुरस्कार प्राप्त गर्ने एक मात्र व्यक्ति पनि सत्यमोहन नै हुन् । जोशीले विसं २०१३, २०१७ र २०२८ मा मदन पुरस्कार प्राप्त गरेका थिए । सुप्रबल गोरखा दक्षिण बाहु, आदिकवि भानुभक्त पुरस्कार, विसं २०६८ मा पद्‌मश्री साधना सम्मान पुरस्कार प्राप्त गरेका थिए ।

ई–पासपोर्ट प्राप्त गर्ने पहिलो नेपाली पनि सत्यमोहन नै हुन् । उनलाई १ मंसिर २०७८ मा परराष्ट्रमन्त्री नारायण खड्काले ई–पासपोर्ट प्रदान गरेका थिए । नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाबाट सत्य मोहन जोशीको तस्वीर अंकित चाँदीको सिक्का पनि निष्कासन गरिएको थियो । त्यसैगरी, न्यूजिल्यान्ड भ्रमण गर्ने पहिलो नेपालीका रूपमा पनि जोशी परिचित छन् ।

सम्बन्धित समाचार