तेस्रो स्याउ महोत्सव : बजारीकरण र ढुवानीमा राज्यले सहुलियत दिनु पर्ने किसानको माग

जुम्ला : जुम्लामा यस पटक तेस्रो स्याउ महोत्वस सकिएको छ । स्याउको प्रसार प्रचार र बजारीकरण लागी महोत्वसको आयोजना गरिएको हो ।त्यस्तै जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख जनक थकालीले यस्ता प्रकारका महोत्सवले स्याउ प्रवर्धन र बजारीकरणमा टेवा पुग्ने बताए । उनले भने स्याउ महोत्सव हरेक वर्ष गरिनु पर्दछ । तेस्रो स्याउ महोत्वसको अवसरमा उनले यस्तो धाराणा राखेका छन ।
उनले हाम्रा हरेक मेला चाडपर्वको विकास हाम्रो उत्पादन श्रमसँग आबश्यक रहेको बताए । स्याउ महोत्सवमा प्रमुख अथितिसमेत रहेका थकालीले साहित्यको सृजना पनि त्यसरी नै भइरहेको इतिहास पाइन्छ । हामीले यसरी हरेक वर्ष स्याउ महोत्सव गर्दै गयौं भने कालान्तरमा यो पर्व हुनेछ ।
यो पर्वको ऐतिहासिक पृष्ठभूमि खोज्दै अध्येताहरु आउने छन् । पर्यटकहरु आउनेछन् । खोजीको केन्द्रविन्दुमा तपाई हामी हुनेछौँ । यो ऐतिहासिक कदम चाल्नु हुने संस्था तथा व्यक्ति धन्यवादका पात्र हुन् ।२०६३ सालमा जुम्ला सुर्खेत ट्रायाक रोड खुलेपछि मात्र यहाँका किसानहरूले स्याउ र ओखर लगाउन तिव्रता दिए । मुस्ताङको सबै ठाउँमा स्याउ फल्दैन । तर जुम्लामा त्यस्तो कुनै ठाउँ छैन जहाँ स्याउ नफलोस् । त्यसैले आज स्याउ उत्पादन हुने क्षेत्र हरेक वर्ष बढिरहेको छ । सुरूका दिनमा बजार वरिपरिमा सिमित उत्पादन हाल जिल्लाको सबै वडासम्म विस्तार भएको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले भने स्याउ जुम्लाको पहिचान हो । यहाँको मुख्य आम्दानीको स्रोतका रुपमा रहेको स्याउमा राज्यले ठुलो लगानी गरेको छ । स्याउ सुपोर जोन कार्यक्रम सञ्चालन पनि गरेको छ ।
अहिले स्याउ उत्पादनमा अनुदानका कार्यक्रम सञ्चालन त गरेको छ । ढुवानीमा पनि अनुदान दिनु पर्ने आवश्यकता देखिएको प्रमुख जिल्ला अधिकारी केसरीले बताए ।

काञ्जिरोवा टाइम्स पत्रिकाको आयोजनामा सञ्चालन गरिएको स्याउ महोत्वसमा स्थानीय तथा राष्ट्यि कलाकारको पनि कला र संगित प्रस्तुत गरिएको थियो । जुम्ली स्याउको बजारीकरण, किसानको आयस्तर बृद्धिमा जोड दिन स्याउ महोत्सव गर्न गरिएको कान्जिरोवा टाईम्सका निर्देशक महेन्द्र कार्कीले बताए । उनले भने अन्य मुलकमा राज्यकै लगानीमा यस्ता महोत्वस गरिन्छ । तर हाम्रो मुलकमा गर्ने गरिएको पाईन्दैन । सरकारका निकायले नै यस्ता कार्यक्रम सञ्चालन गर्नु पर्दछ ।

विगत दुई वर्ष पहिले लगातार स्याउ महोत्सव गर्दै आएका थियौ । तर पछिल्ला दुई वर्षमा कोरोना महामारीले महोत्सव हुन सकेन् । तर यश वर्ष राष्ट्यि कलाकार प्रकाश सपूत सहित स्थानीय कलाकारको प्रस्तुतिमा महोत्सव गरेका छौ ।
स्याउ महोत्सवमा १४ वटा स्याउका विभिन्न परिकारका प्रतियोगात्मक स्टल राखिएका थिए । जुन स्टलहरुको कृषि विज्ञहरुले किसानको स्याउको स्वाद, गुणस्तर, र साईज परिक्षण गर्ने छन् । उत्कष्ट हुने पहिलो, दोस्रो र तेस्रो स्थान आउने कृषकलाई पुरुस्कृत गरिएको छ ।

चन्दननाथ नगरपालिका ७ मिचा गाउँका रत्नबहादुर बंमको स्याउ प्रथम भएको छ । चन्दननाथ नगरपालिका ८ भैरबहादुर धरालाको स्याउ दोस्रो र चन्दननाथ नगरपालिका ६ का तोयानाथ योगीको स्याउ तेस्रो भएको छ । प्रथमलाई पाँच हजार, दोस्रोलाई तीन हजार र तेस्रो हुनेलाई दुई हजार नगद पुरस्कार दिएको छ भने महोत्सवमा स्टल राख्ने सवैलाई पाँच÷पाँच सय पुरस्कार दिएको आयोजकले जनाएको छ ।
यस वर्ष जुम्लामा १८ हजार मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान छ ।

भने स्याउ निर्यातबाट झण्डै ५० करोड जुम्लामा भित्रिने आँकलन गरिएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।स्याउ‘किसानले अनुदान, ढुवानीमा सहुलियत, स्याउ खेती विस्तारमा सरकारले लगानी बढाउनु पर्ने माग राखेका छन । स्याउ महोत्सवलाई आगामी दिनमा पनि निरन्तरता दिन जरुरी छ ।’

सम्बन्धित समाचार