सामाजिक सुरक्षाभत्ता बुझ्न जाने नागरिकलाई वडासरकारले ग¥यो यातायातको ब्यवस्था
जुम्ला ः जुम्लाको हिमा गाउँपालिका वडा नम्बर १ ले सामाजिक सुरक्षाभत्ता वुझ्न जानेलाई यातायात सुविधा प्रदान गरिएको छ ।वडा नम्बर १ले सामाजिक सुरक्षा भत्तन बुझने नागरिकलाई यातायतको सुबिधा दिएको हो । एक वडाबाट बैंकमा जान एक दिन लाग्ने भएकाले वडाकार्यालयले नै बंैक सम्म पुग्नका लागी यातायात सुविधा दिएको वडाध्यक्ष रतनबहादुर शाहीले बताए । उनले भने प्रत्येक पटक सामाजिक सुरक्षाभत्ता बुझ्न जाने नागरिककाृ लागी यो सुबिधा दिइने छ ।
वडाध्यक्ष रतनबहादुर शाहीका अनुसार ४सय ५७ जनालाई सामाजिक सुरक्षाभत्ताका लागि बसको व्यवस्थापन गरिएको हो । वडा अध्यक्ष शाहीले वालवालिका २ सय ६१ जना, ज्येष्ठ नागरिक १सय ७३ जना, एकल महिला १८ जना र अपाङ्गता भएका व्यक्ति ४ जनालाई गाडि रिजर्व गरेर सेवा प्रदान गरिएको हो । यो भत्ता बैंकले त्रैमासिक रुपमा प्रदान गर्दै
आएकाले हिमा गाउँपालिका वडा नम्बर १ का नागरिकलाई यातायात सेवा निरन्तर दिईने छ ।भौगोलिक रुपमा बैंक टाढा भएकाले वडा कार्यालयले बस चढाएर बैंक सम्म पुर्याउने र घर सम्म ल्याउने गरेकाले ज्येष्ठ नागरिक सहितका सेवा ग्राहीहरु खुशी भएका छन् । उनिहरुले हिडेर जान नसकिने, साधन पनि पाउन कठिन हुने समयमा वडापालिकाले राम्रो काम गरेको ज्येष्ठ नागरिकहरुले बताएका छन् । सोही वडामा ८३ बर्षिय धनबहादुर रोकायाले भने वडाकार्यालयको यो कार्य राम्रो भएको बताए । उनले भने हामीलाई हिडेर आउन जाने कठिन थियो । वाडालेनै गाडीको ब्यवस्था गरपछि अब सहज भएको छ ।