सिंजा विरासत झल्काउन सिंजामा ‘हाट’ ,बजारको सूरुवात

जुम्ला ःजुम्लाको सिंजा गाउँपालिकाले सिंजा साम्राज्यको विरासत जगाउने र आर्थिक उत्पादन बजारीकरण गर्नका लागी हाट बजार लगाउने ब्यवस्था गरेको छ । हरेक महिनाको १ गते हाट बजार लगाउन थालेको छ । वि.सं.१८४६ पूर्वको तत्कालीन शक्तिशाली सिंजा राज्यका बेलादेखि प्रयोग हुँदै आएको आएको ‘हाट’ शब्दले आफ्नै इतिहास बोकेको छ । दक्षिण भारत र उत्तर चीनलाई आकर्षण गर्ने गरी सिंजामा लाग्ने ‘हाट’ आर्थिक,सामाजिक, साँस्कृतिक, ऐतिहासिक र भू–राजनीतिक दृष्टिले पनि निकै महत्वपूर्ण मानिन्छ ।
पुरानो इतिहास झल्काउनका लागी सिंजा गाउँपालिकाले हाट बजार लगाउन थालेको गाउँपालिकाका अध्यक्ष पुर्ण प्रसाद धितालले बताए । उनले भने ‘हाट’ कै कारण १२औं शताब्दी देखि १४ औं शताब्दीसम्म सिंजा खस राज्य आर्थिकरुपमा बलियो भएको इतिहास रहेको पाउन सकिन्छ । उतिबेलाको ‘हाट’ बजार आजको प्रमुख व्यापारिक केन्द्र जस्तै हो ।अध्यक्ष पूर्ण धितालले सिंजा साम्राज्य कुनैवेला उत्पादनमा बलियो मात्रै नभई उत्तर र दक्षिणको बजारको केन्द्र भएको थियो । उनले अव स्थानीय उत्पादनलाई बढाउने, बजारीकरण बढाउने उद्देश्यका साथ हाटबजार सुचारु गरिएको बताए ।
त्यस्तै उपाध्यक्ष सितली रोकायाले हाटबजार सिंजामै बनेका राडिपाखी, तरकारी, मार्सिचामल, स्याउ, सिमी आउन थालेकोमा बताइन । उनले सिंजाले हाट बजार शुरु गरेपछि आर्थिक बिषय मात्रै नभई सास्कृति र पुरानो सभ्यता सम्बन्धी उजागर भएको छ ।गाउँपालिकाको केन्द्र भएको स्थान नराकोटमा राखिएको छ । उनलका अनुसार त्यहाका स्थानीयकलाकारले नेपाली पोसाकमा दिनभर देउडा, चुट्कीला खेलेर मनोरञ्जन दिने र लिने गरिन्छ छ
त्यस्तै स्थानीय मनतिज बुढाले हाटबजारले सिंजामा पुरानो झल्को दिएको बताए । उनले भने अहिले शुरुवाती चरणमै भएका केही ब्यवस्थित बनाउने कार्य भएको छ ।
त्यस्तै आफ्नो स्थानीय उत्पादन बजारमा बिक्री गर्न ल्याउनु भएको सिंजा गाउँपालिका ३ कि रेशा रानाले हाटबजार शुरु भएपछि नागरिकलाई कही राहत भएको बताइन । उनले भनिन, उत्पादन मात्र बिक्रि गर्ने थलो नभइ एक आर्का बिच नागरिकले भेटघाट गर्ने अवसर बनेको बताइन ।
त्यस्तै स्थानीय भेडाको ऊनबाट उत्पादन भएको लिउ र पाखि लिएर बजार आएका धनपति वुढाले हाटबजारले उत्पादन भएका बस्तुको बजारीकरणमा टेवा पुगेको बताए । उनका अनुसार केही मिठो चीज वा राम्रो वस्तु लिन पर्दा ‘हाट’ जान्छु भन्ने प्रचलन आज पनि कर्णालीका दूरदराजका बस्तीहरुमा कायमै छ ।
सिंजा उपत्यकाको उत्तरपूर्वी भागमा अवस्थित ठाँउलाई अहिले पनि ‘हाट सिंजा’ भन्ने गरिएको स्थानीय डिल्ली प्रसाद तिवारीले बताए । उनले अहिले त्यहाँ हाटसिंजा भन्ने गाउँ रहेको छ । जुन कनकासुन्दरी गाउँपालिकामा पर्दछ ।यही ‘हाट’को बिरासतलाई पुनरुत्थान गर्दै सिंजा गाउँपालिका जुम्लाले साउन १ गतेबाट ‘हाट’ बजार सुरु गरेको हो ।

जुम्ला राज्यमाथी आक्रमण गरी गोर्खालीहरुले आफ्नो कब्जामा लिएपछिको २३३ वर्षपछि उक्त ‘हाट’ बजारको पुनःस्थापना गरिएको गाउँपालिकाको दावी छ । अध्यक्ष धितालले थप्नुभयो, “सिंजाको संस्कृतिको जगेर्ना तथा स्थानीय उत्पादनलाई बजारीकरण गर्न हामीले ‘हाट’ बजार परम्परालाई थालनी गरेका छौं । यो एउटा ऐतिहासिक र अर्थतन्त्रमा सघाउने दीर्घकालीन बजार विकासको कार्य हो । गाउँ सरकारले यसको प्रवद्र्धनमा जोड दिन्छ । हाटबजारमा सामान हेर्न तथा देउडा खेल्न अहिले मानिसहरु जिल्ला बाहिरबाट पनि आउन थालेका छन् ।

तत्कालीन् सिंजा खस राज्यबाट नै ‘हाट’ बजार खोलिएपछि गढवाल, पिथौरागढमा पनि समान किनबेच हुने गरेको इतिहासबारे जानकारी दिँदै उहाँले कञ्चनपुर पारी जोलजोली, गोलाघाट ‘हाट’ खोलिएको जनाउनुभयो । उहाँका अनुसार जंगबहादुर राणाको अभ्युदयपछि दाङ र कान्छो ‘हाट’का रुपमा नेपालगञ्ज खुलेकोले १९औं शताब्दीपछिको पुस्ताले त्यही ‘हाट’मा जाने आउने गर्दै आएको थियो ।









