जुम्ला ः जुम्लामा पर्यटकीय महत्व बोकेका मष्टो लगायतका धार्मिक मेला शुरु भएका छन् । ति मेलाहरु कोरोनाका कारण अघिल्लो दुई बर्ष हुन सकेका थिएनन् । ऐतिहासिक धार्मिक महत्व राख्ने ति मेलाहरुको यसपटक भएपछि चहलपहल शुरु भएको हो ।त्यस्तै चन्दननाथ नगरपालिका ४का स्थानीय जानकार देवी प्रसाद सिम्खाडाका अनुसार जनैपूर्णिमाको अघिल्लो दिन मालिका चौद्धशीका दिनमा मालिका माइको पुजा गरिन्छ । त्यो दिन देखी सबै ठाउका देवी देवताहरुको पुजाआजा सूरु हुने चलन रहिआएको छ ।
उनले भने, धार्मिक परम्परा अनुसार धार्मिक आस्थाका रुपमा रहेका मेलाले आन्तरिक तथा बाहिर्य पर्यटकीय महत्व समेत बोकेका छन । सिम्खाडाका अनुसार जनैपूर्णिमा अर्थात रक्षा वन्धनका दिनबाट औपचारिक रुपमा शुरु हुने गरेको पाइन्छ
त्यस्तै धार्मिक अगुवा तथा चन्दननाथ भैरवनाथ गुठि संस्थान जुम्लाका अध्यक्ष पूर्णसिंह कठायत भन्छन , मष्टो सहितका देवताहरुको पुजाआजा शुरुवात गरिने गरिन्छ यस क्षेत्रमा बाह्रभाई मष्टो, वाविरा,महादेव, भैरवनाथ,कैलास, कालिका, मालिाका, कालासिल्ला, ह्रयांग्रे लाखुडो, , राहदेव, झ्यादेव , दुर्गा भवानी सहितका दर्जनौ देउताहरुको पुजाआजा हुने गर्दछ ।
देवताले नागरिकको मनकामना पुरा गर्ने ,सोचेको पुग्ने लगायतका धामिर्क आस्था रहिआएको छ । विभिन्न तिथिमा विभिन्न देवताको पुजा गर्ने चलन भए अनुसार यतिवेला कर्णालीका धार्मिक स्थानमा मानिसहरुको भिड लाग्न गरेको छ । हरेक गाउँमा धार्मिक आस्था अनुसार मन्दिर तथा थान बनाएर पुजा गर्ने, नयाँ ध्वजा पतकाले रंग्याउने कार्य हुन्छ ।
पुजाको दिनमा स्थानीयले नयाँ परिकारहरु बनाउने चलन पनि रहेको हिमा गाउँपालिका १ निवासी तथा कालासिल्लाका
देवताका पुजारी विरबहादुर शाहीले बताए । उनका अनुसार कात्तिक पूणिमा सम्म विभिन्न पुजा आजाहरु हुने गर्दछन् ।
जुम्ला मष्टो परम्परा सहित विभिन्न धार्मिक सभ्यताको केन्द्र पनि हो । यसलाई पर्यटकीय महत्वको वारेमा अझै विकास गर्न अझै सकिएको छैन् ।अहिले आन्तरिक पर्यटक मात्र यस क्षेत्रमा घुम्ने गर्दछन् । तर बाह्रय पर्यटक भने यस क्षेत्रमा आकर्षण गराउने योजना बनेका देखिदैनन् ।त्यस्तै जनैपुणिमाको भोलिपल्टबाट कर्णालीको सवैभन्दा ठूलो जात्राको रुपमा रहेको लाख्या नाच समेत सूरु भएको छ ।