जुम्लाका महिलाको कार्यबोझ घटाउन कृर्षि कार्यालयले दियो ,गहु र धान चुट्ने मेसिन

जुम्ला ः कृषि बिकास कार्यालय जुम्लाले महिलाको कार्यबोझ घटाउनका लागी यान्त्रिक करण मेसिन बितरण गरिएको छ । जुम्लाको कृर्षि पेसामा सबै भन्दा बढी महिला आबद्ध छन ।उनीहरुको कार्यबोझ घटाउनका लागी यस्ता आधुनिकि करण मेसिनको ब्यवस्था गरिएको हो ।
जुम्लाका आठ वटै पालिकाका समुह, सहकारी, निजि उद्योमीलाई अनुदानमा कृर्षि औजार तथा प्रविधि हस्तान्तरण गरिने भएको कृर्षि बिकास कार्यालयका प्रमुख गणेश अधिकारीले बताए ।उनले भने,’ यान्त्रिक करण, औजारको लागी गत भदौमा आवेदन मागीएको थियो । त्यस पछि फागुन मा छानोट गरीएको हो ।अहिले गहुँ काट्ने र धान चुट्ने १८ वटा थ्रेसर, आएका छन । १६ वटा मल्टी क्र्रसर मेसिन दिइएको हो । यो मेसिनले खेती लगाउनका लागी जोत्ने काम गर्दछ ।

मल्टी क्र्रसर मेसिनको मुल्य किसानले ब्यक्तिगत किन्नु परेको खण्डमा ४५ हजार पर्ने गरेको छ । यस्ता औजार कृर्षि बिकास कार्यालय मार्फत अनुदानमा आउने भएपछि किसानलाई राहतको महशुस भएको छ । प्रमुख अधिकारी भन्छन,“२ वटा ओखरको तेल पेल्ने मेसिन, तिन वटा चिनो काट्ने मेसिन ,समेत आएका छन। छाँनोटमा परेका किसानलाई हस्तातरण गर्ने तयरी भएको छ ।
प्रमुख अधिकारीले भने,“सहकारी र कृर्षक समुहको लागी ३० प्रतिशत अनुदान र निजि उद्योमिका लागी ५० प्रतिशत अनुदानमा यान्त्रिक करण कार्यक्रम अन्तरगत थ्रेसर, मेसिन उपलब्ध गराइने भएको हो । उनले थपे,‘ बिषेस गरी महिलाको कार्याबोझमा सहज ल्याउन र कृषिमा व्यावसायिकता बनाउनका लागी किसानका मागका धारमा आवश्यक कृर्षि औजार तथा उपकरण उपलब्ध गराइएको हो ।

त्यस्तै दिगो आयआर्जजका लागि प्रविधिले महत्वपूर्ण टेवा पुगाउने भएकाले पछिल्लो समयमा कृर्षिकार्यालय जुम्लाले अनुदानमा किसानलाई औजार दिन थालेको छ । जुम्लाको कृर्षि उत्पदन गर्ने सबै महिला भएकाले महिलालाई व्यावसायिक बनाइ उनिहरुको आर्थिक स्तार माथी उकास्ने लक्ष्य पनि हो ।
उपकरण पाउने भएपछि गुठीचौगाउँपालका ४की कृष्णमाया अधिकारी उत्साहित छन । उनको मष्टकृर्षि तथा पशु पंक्षी पालन उद्योग दर्ता छ ।अधिकारीले भनिन,’जुम्लाको र्मासी धान चुट्ने र गहु चुट्ने मेसिन औजार तथा प्रविधि पाएपछि आफूहरुको दैनिकी पनि सहज र समयको बचत सँगै आम्दानीका लागि पनि सहज भएको छ । किसानले आफै किन्नु परेको खण्डमा थे्रसर मेसिन ५५ हजार जति पर्ने गर्दछ ।

यति ठूलो रकम बराबरको यान्त्रिक सहयोग निरन्तर प्रयोगमा आएको खण्डमा कृर्षि पेसामा आबद्ध भएका महिलाका लागी आम्दानीको राम्रो स्रोत मानिने छ । परम्परागत हलगोरुबाट खेतीपाती गर्दै आएका जुम्लाका किसानहरूको लागी कृर्षि यान्त्रिक करण औजारले खेतीपाती तर्फ आर्कषिक गराएको छ ।
सरकारले नै कृषि क्षेत्रमा आधुनिकीकरणको पहुँच सँगै कृषकहरूले आफ्ना खेतबारीमा उब्जाएका बाली भित्र्याउन सहज बनाउने लक्ष्यका साथ यस्ता खालका सामाग्री उपलब्ध गराउदै आएको छ । धेरै खेती भएका किसानहरूलाई यी सबै समस्या समाधानका लागि बाली चुट्ने काम देखि, जोत्ने सम्याउने सबै काम कृषियन्त्रले गरेपछि श्रम, लगानी र समय सबैको बचत भएको पाइन्छ ।









