जुम्लामा जिल्ला स्तरीय कृर्षि मेला : चिनो देखि , भाँगो सम्म प्रदर्शनी
जुम्ला ः जुम्लामा जिल्ला स्तरीय कृषि मेला प्रर्दशनी भएको छ । जुम्लाका कृषकले उत्पादन गरेको बिभिन्न कृषि जन्य उत्पादनहरु प्रर्दशनीमा राखीएको हो । उत्कृष्ठ कृषक समूह,सहकारी,कृषकहरुलाइ नगद,प्रमाणपत्र प्रदान गरिएको छ ।तिलागाउपालिका १ की मेनका बुढा कर्षि बिकास कार्यालय जुम्लाले आयोजना गरेको कृर्षि मेलामा तेलन बाली भाँगो प्रशर्दनी गरेकी थिइन । उनी द्धितिय भइन । उनलाइ नगद,प्रमाणपत्र प्रदान गरी सम्मान गरीएको छ । जिल्लाभरका कृषकलाइ कृषि मेलामा सहभागि हुन भनेपनि मौसमका कारण र भौगोलिक बिकटताका कारण सबै कृषक सहभागि हुन नसकेको कृषि बिकास कार्यालय जुम्लाले बताएको छ ।
त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख गौरी नन्द आर्चायले तेलहन,दलहन र फलफुलले भरिपूर्ण रहेको मेला खुल्ला ठाउमा हुनु पर्ने बताए । बिगतको स्मरण गर्दै कुनै बेला हरितालिका( तिजको) बेला यस्ता मेला हुने गरेको बताए । मन्वय प्रमुख आर्चायका अनुसार समयको माग बिकासको परिबर्तन संगै असारको महिनामै काँक्रा, टमाटर ,फर्सीजस्ता बस्तु उत्पादन हुने गरेको बताए । उनले भने, जुम्ला अर्गानिक जिल्ला घोषाण गरिएको छ । तर यहा जैबिक मलको उत्पादन नभएका कारण उहाको उत्पादनमा कमी आउने गरेको छ ।
कृर्षि प्रदर्शसनी मेलामा आठ वटा बाली समुहको सहभागीता रहेको कृर्षि बिकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले बताए । उनले भने, तेलन,बाली , दलन बाली , फलफुल बाली, नगते बाली, तरकारी बाली, बिविध बाली लगायतका जुम्लामा उत्पादन भएको बस्तुको प्रदर्शनी गरिएको हो ।
त्यस्तै जुम्लाको अर्गानीक तरकारी तथा फलफुल उत्पादन बढ्दो रहेकोले सबैले कृषिमा ध्यान दिन चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले बताए । उनले भने मेलाले कृषकलाइ उत्साहीत जागरुक बनाएको छ ।
यस्ता कार्यक्रम प्रदेश सरकारले कृषिका लागि अझै धेरै सहयोग गर्ने प्रतिबद्धता गरेको छ । स्याउ,ओखर,मुला, काँख्रा , चिनो, कागुनो , भटमास , फर्सि , ममाटर गाँजर , मास , मसुरो , जौँ , गेरास , भाँगो, तोरी ,मार्से ,लगायतका अन्य कृषी उत्पादन राखिएका छन ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाइले कृर्षी उत्पादनमा सबै भन्दा बढी महिलाको सहभागीता बढेको बताइन । उनले भनिन,’पूरुषको तुलनामा महिलालाई कार्याबोझ बढी खेदिन्छ । उनका अनुसार महिलाले उत्पादन गरेको तरकारी नगरपालिकाले बारीमै पुगेर ल्याइदिने गरेको खण्डमा महिलाको कार्यबोझमा कमी ल्याउन सकिने बताइन । तर जुम्लाका महिला आफै तरकारी बोकेर बजार सम्म ल्याउने गरेका छन । आफुले उत्पादन गरेको तरकारी स्थानीयर सरकारले सहज बजारी कारणको ब्यवस्था नगरेका कारण डोकोमा तरकारी बोकेर तिन घण्टाको पौदल यात्रा गर्न बाध्य छन । जिल्ला स्तरीय प्रदर्शनी कृर्षि मेलामा ४१ जना किसानले भाग लिएका थिए ।