कनकासुन्दरी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

जुम्लाको कनकासुन्दरी गाउँपालिकामा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि शुरु भएको छ । गाउँपालिकाद्वारा आयोजित उक्त प्रतियोगिता कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ लासीपाटनको चौरमा शुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै वडा नम्बर चारका वडा अध्यक्ष सुर्यमणी हमालले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको बताए।उनले विद्यालयको पठनपाठनसँगै खेलकुदमा पनि लाग्न विद्यार्थीहरुलाई आग्रह गरे।तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताका उत्कृष्ट खेलाडीले जिल्लास्तरीय प्रतियोगितामा भाग लिने गाउँपालिका अन्तर्गतको शिक्षाशाखा प्रमुख नारायणप्रसाद न्यौपानेले बताए ।

प्रतियोगितामा भलिबल, एथलेटिक्स ,हाइजम्प, हाइजम्प,लङजम्प लगायतका खेल समावेश स्थानीय उपेन्द्र न्यौपानेले जनाए ।गाउँपालिका भित्रका ७ वटा माध्यमिक विद्यालयका विद्यार्थीले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।प्रतियोगिता असार १२ गते सम्म संचालन हुनेछ ।जिल्लास्तरीय राष्टपति रनिङ शिल्ड प्रतियोगिता असार १५ गते बाट शुरु हुदै छ।

सम्बन्धित समाचार