अन्तर्राष्ट्रिय लागु पदार्थ विरुद्धको दिवस : जुम्लाका बिद्यालय स्तरमा सचेतना


जुम्ला ः हरेक बर्ष जुन २६ तारिखका दिन मनाइने अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस जुम्लाममा सचेताना कार्यक्रम गरी मनाइएको छ । लागु पदार्थ तथा अवैध तस्करी न्युनीकरणका लागि जुम्लाका बिद्यालय स्तरमा समेत सचेतना मूलक कार्यक्रमका समते गरिएको हो ।

प्रशासन र जिल्ला प्रहरीकार्यालय जुम्लाको प्रहरी साँझेदारी कार्यक्रम अन्तरग बिद्यालयस्तरमा सचेतना र बजारमा र्याली कार्यक्रम गरिएको छ ।,अन्तरराष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस मनाईको छ ।लागु पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवसको नारा ‘स्वास्थ्य र मानवीय सङ्कटका समयमा लागु पदार्थको चुनौतीहरूको सम्बोधन’ भन्ने रहेको थियो ।

जुम्लामा पनि लागु औषधविरुद्ध क्रियाशील सरकारी तथा गैरसरकारी निकायले चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाएका छन ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाइले लागुऔषध कारोबार व्यापक हुन थालेकाले यसलाई नियन्त्रण गर्न मुख्य प्राथमिकता दिन आबश्यक रहेको बताइन ।उनले भनिन, “हामीले लागुऔषध कारोवार नियन्त्रणलाई नै प्राथमिकता दिएका छौँ”। यसका लागी सबैसरोकारवाला निकाय एकजुट हुन जरुरी छ । उनले भनिन, प्रहरी प्रशासनको तर्फबाट बिद्यालय , गाउँटोलमा समेत अपराधिक गतिविधि बिरुद्धका सचेतना कार्यक्रम भइरहेका छन ।

त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले लागु औषध हाम्रो चुनौती भनेको बताए । उनले “हामीले सबैभन्दा बढी प्राथमिकतामा लागुऔषध ओसारपसार तथा सेवनलाई न्यूनीकरण गर्ने अभियान चलाउन आबश्यक छ । प्रहरीले यसलाई प्रथामिकता दिएको छ । तर नागरिक सचेत हुन जरुरी छ ।“अभिभावकलाई पनि आफ्नो सन्तान दुव्र्यसनमा फसेको थाहा हुन्छ, तर सन्तानलाई सुधार गर्न त्यति ध्यान नदिएको पाइएको पाइदैन,प्रमुख आर्चालले भने, “यसले उनीहरुको भविष्य नै डामाडोल हुनसक्छ, त्यसैले अभिभावकहरु पनि अलि चनाखो बन्नुपर्छ ।”अभिभावकले बेलैमा ध्यान नदिँदा बालबालिका कुलतमा फस्ने र अपराधमा पनि सम्लग्न हुने गरेका छन् । ‘

सम्बन्धित समाचार