रैथाने खेतीको महत्व बुझाउँदै कृषि कार्यालय जुम्ला
जुम्ला ःजुम्लाको कृषि बिकास कार्यालयले किसानलाई रैथाने बालिको महत्व बुझाउन थालेको छ । जुम्लाका किसानले अगार्निक मार्सि चामल वेचेर खाद्य खान थालेको भन्दै पछिल्लो समयमा जुम्लामै उत्पादित हुने स्थानीय बालीको महत्व लाई बुझान थालीएको हो । स्थानीय बालिको उत्पादन बढाउनका लागी कृषि बिकास कार्यालयले कनका सुन्दरी गाउँपालिकाको २ कोमालिकाबोता गाउँका किसानलाई रैथाने खेती तर्फ अग्रसर गर्दै आएको छ ।
बोतागाउँमा उत्पादित अर्गानिक बाली उत्पादन र संरक्षणमा लाग्नका लागी किसानलाई आकर्षण गर्न रैथाने बालिको प्रदर्शनी मेला समेत गरिएको कषि कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले बताए । उनले भने, जुम्लाको रैथाने बालीको उत्पादन बढाई आत्मा निर्भभर बोतागाउँ बनाउने हाम्रो कार्यालयको लक्ष्य अनुसार ,सिमि ,फापर, चिनो, कागुनो, कोदो, मटमास, मास, मसुरो,कला,सुर्यमुखि, लगायतका दलन , तेलन र खाद्यन्न बस्तुको संरक्षणको लागी रैथाने बाली प्रदर्शन मेला राखिएको हो । उनले भने, जुम्लाको रैथाने बालीको माग बढ्दै गएको छ । जुम्लाका किसानले स्थानीय उत्पादनलाई बढवा दिन आबश्यक छ ।
जुम्लामा पाइने कालीमार्सी धान,चिनो कागुनो,कोदो र सिमी लगायतका रैथाने बालीको सरक्षणमा किसान आर्कर्षित भएको खण्डमा यहाको उत्पादन बृद्धी हुने निश्चित छ । कार्यालय प्रमुख अधिकारीका अनुसार रैथाने बालीको प्रदर्शनी मेलामा ७१ जना किसानले भाग लिएका थिए । सहभागी मध्यबाट भिन्नि बिधामा मुल्याङकन गरी प्रथम ,द्धितिय र तितृय हुनेलाइ पूस्कारको समेत ब्यस्था गरेको हो । पछिल्लो समयमा कृषिकार्यलयले तरकारी खेती ,आलु खेती फापर खेती, लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।
त्यस्तै कनका सुन्दरीगाउँपालिकाका अध्यक्ष दामोदर प्रसाद आर्चायले कनकासुन्दरीमा लोप हुन थालेको कागुनो,चिनो, जस्ता रैथानेबाली खेती विस्तार गरिने बताए । उनले बजारमा माग बढेको, विभिन्न परिकार बनाएर पर्यटकलाई खुवाउने गरेको, अनुभव रहेको पालिकाले यस आर्थिक वर्षबाट रैथानी बाली संरक्षणको लागी बिषेश जोड दिने छ । उनले स्थानीय उत्पादन बृद्धिका लागि हामी पालिकाको तर्फबाट तयार छौ। उनले कृषि कार्यालय लगायतका साझेदारी निकाय संग समन्वय गरी अगाडी बढ्ने बताए ।
त्यस्तै स्थानीय रत्ना थापाले ,बढ्दो बजार माग र महत्व बुझेपछि हामी रैथानेबालीको प्रर्बद्धनमा जुटेका हौ ।उनका अनुसार किष कार्यलयले रैथाने बाली संरक्षणका लागि किसानलाई प्राविधिक तथा सैद्धान्तिक विषयमा सिकाउदै आएको छ । यसले गर्दा बोतागाउँका किसानलाई रैथाने बालीको खेतीमा आर्कषित बनाएको छ ।
त्यस्तै अर्गानिक खेती प्रणालीको,उत्पादन बृद्धि संकलन गरी बजारीकरण लगायतका विषयमा रैथाने बाली संरक्षण गर्ने कृषि कार्यलयको मुख्य उद्देश्य रहेको कृषिकार्यालयका प्राविधिक साहयक लक्षिराम महतले बताए । उनले भने,रैथानी बाली संरक्षणको लागी किसान बीच बिभिन्न अन्तरक्रिया ,तालिम समेत हुर्दै आएका छन ।उनका अनुसार “उत्पादन बृद्धि गर्न कृषिमा आधुनिकरण बहुरुपी जातको खेतीमा जोडदिन आबश्यक छ । रैथाने बालीको माग बढेको छ ।
तर हामी रैथाने बाली उत्पादन, प्रर्बद्धन तथा खेती विस्तारमा जुटेका छौ । महतले भने,‘मार्सीधान, सिमि मात्र नभई हाम्रा हरेक रैथाने बाली संरक्षण गर्न जरुरी छ । उत्पादनबृद्धि तथा खेती विस्तारको लागी अनुसन्धानलाई जोड दिनुपर्छ ।उत्पादन,संकलन,लेबलिङ,प्याकेजिङ तथा बजारीकरणमा स्थानीय तहले सहजीकरण गर्नुपर्ने किसानहरुले बताएका छन ।