जुम्लाका डिलरमै भेटिन्छन अखाद्य वस्तु
जुम्लाको सदरमुकाममा रहेका ठुला ब्यापारिका डिलरमै अखाद्य वस्तु तथा म्याद गुज्रेका सामान छ्यापछ्याप्ती भेटिएका छन । जुम्लाका ग्रामिण क्षेत्रका बजार अनुगमनमा धेरै मात्रामा म्याथ गुज्रेका सामान भेटिने गरेपछि यस पटक जुम्ला बजारका केही गोदम अनुगमन गरिएको हो ।जुम्ला बजारमा रहेका केही ठुला ब्यापारिका डिलरमा अनुगमन गर्दा म्याद गुज्रेका सामान तथा अखद्य वस्तुहरु बिगबिगी भेटिएको छ ।
जिल्ला प्रशासन कार्यालय जुम्ला,उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय जुम्ला, खाद्यप्रविधि तथा गुणनियन्त्रण डिविजन कार्यलयको संयुत्त आयोजनामा भएको बजार अनुगमनका क्रममा अखाद्य वस्तुहरु फेला पारिएको हो । यस अघि पसल अनुगमन गर्दै आएको जिल्ला अनुगमन समितिले पहिलो पटक डिलर र फेन्सि पसल अनुगमन थालेको छ । अनुगमन समितिले रबिजनरल स्टोर र लम्बिनी टेड्रसको अनुगमन गरेको हो ।
जुम्लामा खाद्य तथा खुद्राको ब्यवसायको ब्रण्ड मानिएको लम्बिनी टेड्रसको डिलरमा म्याथ गएका सामान भेटिएका छन । सदरमुकाम खलंगाका ठूला व्यापारीले नै मिति सकिएको र दर्ता नभएका पसलबाट नै अखाद्य वस्तु ग्रामीण भेगका पसलमा पठाउने गरेको पाइए पछि यस पटक डिलर अनुगम गरिएको उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाले बताए । उनले भने, धेरैको पसलको मूल्य सूचि नभेटिएको, एउटा फर्म दर्ता गरेर धेरै मिसावट बिक्री वितरण गरिएको जस्ता कैफियत पाइने गरेको छ ।
त्यस्तै लम्बिनी टेड्रसको डिलरमा बिकानो बिस्कुट– रु ३००००÷ गोल्डेन बिस्कुट – रु १०००÷–कुकिज– रु १०००÷ललिपप– रु ३००÷ रक्कि चक्कि मिठाई – रु ५००÷अधुरी बिस्कुट – रु ५००÷– कफी चक्लेट – रु १९०० गरी जम्मा – ३५,२०० बराबरको म्याद गुज्रिएको अखाद्य वस्तु नियन्त्रण गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाका खाद्य अनुसन्धान अधिकृत डा. ईश्वर सुवेदीले बताए । उनले भने, जिल्ला प्रशासन कार्यालय संयोजक रहने गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालयको टोली अनुगमनमा निस्किएको हो ।डाक्टर सुवेदीका अनुसार यहाँका व्यापारीले अझै पसल अगाडि मूल्यसूची राख्न मानेका छैनन् । मूल्यसूची नराखेपछि एउटै वस्तुको मूल्य पनि पसलैपिच्छे फरक–फरक रहेको उपभोक्ताको गुनासो छ ।जुम्लाका गोदाममै मिति नाघेका उपभोग्य वस्तु खुलेआम किनबेच भइरहेको छ । यसका लागी सबै भन्दा पहिला उपभोत्ता समिति सचेत हुन जरुरी छ ।
त्यस्तै जुम्लाका व्यवसायीले बजार अनुगमन समितिको सुझाव नमान्दा उपभोक्ता मारमा परेका छन् । जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको अनुगमन समितिले सदरमुकाम खलंगादेखि ग्रामीण बस्तीसम्म स्थापना भएका बजारको अनुगमन पटकपटक गर्दै आइराखेको छ जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले अधिकांश पसल दर्ता नभएको जानकारी दिइन् । उनले दर्ता नभएका पसलबाट नै अखाद्य वस्तु बिक्री भइरहेको भन्दै स्थानीय सरकारले पनि कडाइका साथ गर्नुपर्नेमा जोड दिइन् । उनले भनिन,‘फेन्सि पसल बाट पछि उपभोत्ता मारमा परेकाले अनुगमन थािलएको छ । उनिहरुलाई अनुगमनका फेन्सि पसलले पनि कुन कपडा कति मुल्यको हो भनेर मुल्य सुचि टाँस गर्न भनिएको छ । फेन्सि पसलले समान खरिद गर्दा बिलमा न्युन मुल्य राख्ने उभोक्तालाई बिक्रि गर्दा दोब्बर मुल्यमा बेच्ने गरेको पाइएको छ ।
यसले गर्दा राज्यलाई करछली गर्ने गरेको जुम्लाका साहयक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताइन । सामान खरिद गर्दा बिलमा मुल्य कम राख्दा भ्याट तिर्न सस्तो पर्ने भएकाले ब्यापारिले यस्तो क्रियाकलप गर्ने गरेका छन । उनले ससमयमै करको दायरामा आउनका लागि व्यवसायीलाई आग्रह गरिन । उनले भने, ‘अनुगमनका क्रममा धेरै समस्या देखियो । सबै समस्या समाधानका लागि विधिवत् रुपमा व्यवसाय दर्ता गर्न सुझाव दिएका छौँ ।