कम्यूनिष्ट सँग एकता हुनसक्छ : बिप्लव
जुम्ला : नेपाल कम्यूनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्ध विप्लवले नेपालका कम्यूनिष्ट सँग एकता हुन सक्ने बताए । उनले जुम्लाका पत्रकार भेटघाटमा पश्चगामी नभई अवको नेपालको राजनितिक आवश्यकताका आधारमा कम्यूनिष्ट एकता हुन सक्ने बताएका हुन । उनले भने,‘ कम्यूनिष्ट एकताको ढोका खुला रहेकोमा जोड दिए । उनले यसका लागि सच्चा कम्यूनिष्ट सँग एकता र सहकार्य हुन सक्ने दाबी गरे ।
उनले पत्रकारको जिज्ञासमा एकदिन कम्यूनिष्ट एक हुनुपर्छ र समाजवादको यात्रामा लोकतान्त्रिक शक्ति सँग मिलेर अघि बढ्नुपर्नेमा बताए । बिप्लवले विश्वमा पनि कम्यूनिष्ट कम नभएको तर आपसमा नमिलेर कम देखिएको औल्याए ।
नेपाल कम्यूनिष्ट पाटी जुम्लाले आयोजना गरेको पत्रकार भेटघाटमा नेता चन्द्धले राष्ट्रिय परिस्थितिको बिषयको वारे जानकारी गराउदै अहिले देशको राष्ट्रिय स्वाधिनता जोखिम भएकोमा चिन्ता व्यक्त गरे ।उनले अमेरिकाले एमसिसि, एसपिसिका बिषयलाई ल्याएर नेपाल सँगको लामो सम्वन्ध तोड्ने प्रयास राम्रो नभएको बताए । एसपिपि जस्ता सम्झौताका बिषय लिएर अमेरिकाले सैन्य ढंगबाट अतिक्रमण गर्ने प्रयास गरेको बताए । उनले यो कदम नेपाल र नेपालीका लागि राम्रो नभएको भन्दै देशभक्त नेपालीलाई एक हुन अपिल समेत गरे ।
आफ्नो पार्टीमा पनि केही समस्या आएको बताउदै देशभर कार्यकर्तालाई स्पष्ट पार्न राजनैतिक प्रशिक्षण र जनता भेटघाट गर्न जुम्ला पुगेको बताए । उनले अबको असोजमा नेपाल कम्यूनिष्ट पार्टीको महाधिवेशन हुने जानकारी समेत दिए ।
त्यस्तै जुम्ला जिल्ला सेक्रेटरी बिर्षबहादुर शाहीका अनुसार असार ५ गते वेलुकी जुम्लामा आईपुग्नु भएको महासिचिव चन्द्धले ६ गते जुम्ला कारागारमा रहेका कैदीवन्दी सँगको भेटघाट, जुम्ला स्थित राजनैतिक दलका शिर्ष नेताहरु सँगको भेटघाट समेत गरेको बताए
यसैगरी जुम्ला सहित कालिकोट, मुगु र हुम्लाका जिल्ला कमिटी सदस्यलाई दिनभर वर्तमान राजनैतिक अवस्था र पार्टीको कार्यदिशावारे आन्तरिक प्रशिक्षण कार्यक्रम गरिएको हो ।
दिनभरको कार्यक्रमपछि साढे ६ बजे पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको थियो ।
त्यस्तै नेत्र विक्रम चन्द्ध सहित सचिवालय सदस्य सन्तोष बुढामगर, केन्द्रीय नेता भरतबहादुर वम रणविर सहित केन्द्रीय नेताहरु अहिले जुम्ला क्षेत्रमा रहेका छन् । मंगलवार असार ७ गते जुम्लामा बिप्लव खुला कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।