जुम्लाका पत्रकार आवाज विहिनको सारथी बन्नु पर्छ : उपप्रध्यापक शर्मा

जुम्ला :  जुम्लाका पत्रकार आवाज बिहिनको आवाज बन्नु पर्ने आम संञ्चार तथा पत्रकारीता बिभागका उपप्रध्यापक युवराज शर्माले बताए ।उनले सामाजिक बिकास कार्यालय जुम्लाको आर्थिक सहयोग , नेपाल पत्रकार महासंघ शाखा जुम्लाको समन्वयमा र वर्षा मल्टि प्रपोज मिडियाको आयोजनामा जुम्लाका क्रियाशिल पत्रकारलाई रेडियो पत्रकारीता ,उद्घोषण तथा ,अधारभुत पत्रकारीता सम्बन्धीत तलिम यस्तो बताएका हुन । उनले भने,‘पत्रकारीता अवसर र चुनौति दुबै छन ।

पत्रकार नागरिकलाई सुसुचित बनाउने र सरकारी निकायलाई जवाबदेही र जिम्मेवारी बनाउने निकाय हो ।उनले भने,‘ तालिम लिनु मात्रै ठुलो कुरा होइन । फिल्डमा गयर कसले केती काम गर्छ त्यो नै महत्वपुण हो । उनले थपे पत्रकारले उसले गरेको अध्यायन र ब्यवहार बदल्न नसकेकाले पनी बास्तबिक पीडित नागरिकको आवाज सम्बन्धीत ठाउमा पुगेको छैन ।

त्यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाइले जनताले सुचना नै पाएनन भने पत्रकारले लेखेको औचित्य नहुने बताइन । उनले ,नागरिकको आवज रेडियोले शसक्त आवाज उठाउनु पर्छ । उनले भनिन,सरकारले गरेको काम प्रति सरकार नै सन्तुष्ट नभएकाले अबका दिहरुमा मिडिया शसक्त भूमिका खलेर आवाज उठाएर जवाबदेहि बनाउनु पर्ने आबश्यक छ ।
त्यस्तै सिजा गाउँपालिकाका अध्यक्ष पुर्ण प्रसाद धितालले मिडिया भनेको खबरदारी गर्ने निकाय भएको बताए ।उनले पत्रकारीले आफनो अनुशासनमा रहेर काम गर्ने भएकाले पावरफुल भएकाले मिडियोको महत्व धेरै छ ।

त्यस्तै तिलागाउँपालिका आध्यक्ष मोतिलाल रोकाया स्थानीय सरकार र मिडिया बिच समन्वय गर्नं तयार रहेको बताए ।उनले बिकास निमार्ण गर्ने कुरामा पत्रकारहरुले महत्वपुर्ण भुमिका खेलेर स्थानीय तहमा रहेका साना साना विषयलाई पनि उठान गर्नु पर्ने बताए ।

त्यस्तै गुठीचौर गाउँपालिकाका अध्यक्ष दान बहादुर बुढाले पत्रकारले सरकार र जनताको बिचमा पुलको रुपमा काम गर्नु पर्ने बताए ।उनले शुसाशनलाई अक्षरस पालना सञ्चार माध्यमले गर्ने बताउदै समाजमा लुकेर रहेका विषयलाई उठान गर्नु पर्ने औल्याए । नागरिकहरुका आवाज बिहिनका आवाजहरुलाई समेटनुका साथै सत्य तथ्य सुचना र समाचारलाई प्रथामिकता दिन अनुरोध गरे ।

त्यस्तै नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले यो तालिमले जुम्लामा अब्बल पत्रकारको जनशक्ति उत्पादन गर्ने आशा ब्यक्त गरे ।उनले भने, तालिम एउटा बाटो देखाउने माध्यम हो ।

त्यो बाटोमा कसरी हिड्नु पर्छ भन्ने जिम्मा स्वयम सहभागीको हुने छ ।उनले,‘पत्रकार महासंघ पत्रकारका हक अधिकारका लागी प्रतिबद्ध रहेको बताए ।बेरोजगार युवा युवतीको लागी सिपबिकास कार्यक्रम अन्तरग सामाजिक बिकास कार्यालयले जुम्लाले पत्रकारका लागी क्षामता अभिबृद्धी तालिम सकिएको छ ।