जुम्ला ः सिँजा क्षेत्रका तीन वटा पालिकालाई समेटिने गरी मालपोत कार्यालय र नापी कार्यालय स्थापना गर्न बिषयमा दलिय समर्थन भएको छ । सिञ्जाका तीनवटा स्थानीय तह, हिमा गाउँपालिका, सिँजा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकालाई लक्षित गरी मालपोत रनापी राख्न माग गएिको छ । प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महतले पटक पटक आवाज उठाईरहेको समयमा अहिले भने भूमि व्यवस्था विभागले सर्वदलिय राय मागेपछि एकमतका साथ निर्णय गरि सिँजामा मालपोत कार्यालय आवश्यक रहेको भनि निर्णय गरिएको हो ।
त्यस्तै जिल्ला समन्वय समिति जुम्लाको हलमा जिल्ला स्थित राजनैतिकदलका प्रमुख तथा प्रतिनिधि,नवनिर्वाचित जिल्ला समन्वयका पदाधिकारीको उपस्थितिमा सिँजा भेगका नागरिकलाइ सहजताको लागी मालपोत र नापी राख्ने भनिएको छ ।
भौगोलिक दुरीका हिसावले जुम्लाको सदरमुकाम देखि टाढा रहेको सिजा क्षेत्रका नागरिकलाई जग्गाको कारोबार गर्न समस्या भएको छ । सिजामा ईलाका प्रशासन कार्यालय रहेको सिँजा गाउँपालिकाको नराकोटमा नै मालपोत नापी कार्यालय स्थापना गर्न उपयूक्त भएकाले नराकोटमा मालपोत कार्यालय स्थापना गर्नका लागि राय सहितको निर्णय गरिएको छ ।
त्यस्तै मालपोत कार्यालय जुम्लाले भूमि व्यवस्था तथा अभिलेख विभागले उपयूक्त स्थान भए नभएको बिषयमा सर्वदलिय÷सर्वपक्षिय तथा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय जुम्ला सहितको उपस्थितिमा वैठक राखी राय पठाएको बिषयमा सिँजा क्षेत्रको लागि नराकोट केन्द्र उत्तम हो भनि निर्णय गरिएको हो । भूमि व्यवस्था तथा अभिलेख विभागले पठाएको २०७९।०२।१६ गते च.नं २२४१ को पत्रमा भनिएको छ ।
त्यस्तै प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतले दिनुभएको निवेदनका साथ प्राप्त सिँजा गाउँपालिका नराकोट जुम्लाको च.नं ४१७ मिति २०७८ । ०८।१५ को पत्र मार्फत जिल्ला प्रशासन कार्यालय जुम्लालाई सम्वोधन गरि लेखिएको पत्र तथा जिल्ला प्रशासन कार्यालयको च.नं १२१२ मिति २०७८।०८।२१ को पत्र जुम्ला जिल्लाका स्थानीय तहहरु मध्य हिमा सिँजा र कनकासुन्दरी गाउँपालिकाका ३८ हजार जनसंख्याको लागि मालपोत तथा नापी कार्यालयको सेवा लिन सदरमुकाम धाउनुपनु भएकाले ईलाका प्रशासन कार्यालयमा रहेको सिँजा गाउँपालिकाको नराकोटमै नापी र मालपोत कार्यालय स्थापना गरी सञ्चालनमा ल्याउनका लागि आवश्यक पहल गरिदिन हुन भनि राय पठाईएको थियो ।
त्यस्तै सिँजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले मालपोत र नापीको बिषय र सवाल पहिले देखीको माग भएकाले पास गरिदिन वैठकमा अनुरोध गरे ।
प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाईले सिँजाको नराकोट सुरक्षाको दृष्टिकोणले समेत ठिक भएको र नागरिकको लामो समयदेखी माग भएको बताइन ।
कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदर आचार्यले नराकोटमा ठिक भएपनि हरेक पालिकामा मालपोत र नापी सेवा आवश्यक रहेकोमा जोड दिए । जिल्ला समन्वय समितिका संयोजक गौरीनन्द आचार्यले पदवहाली भएकै दिन जिल्लाका लागि सिँजामा मालमोत कार्यालयका लागि निर्णय गर्न पाउदा खुशी लागको बताए । उनले भने,संघियताको मर्म भनेको घरअगानमै सेवा पाउने हो। सिजाका नागरिकले मालपोत र नापी कार्यलय नभएका कारण जुम्ला बजारमा आउदा आर्थिक रुपमा समेत मारमा परेका छन ।