जुम्ला ः आज विश्व वातावरण दिवस, जुम्लामा पनी सचेतनाका कार्यक्रम गरी मनाइएको छ । वातावरणका क्षेत्रमा काम गर्दै आएका सङ्घसंस्थाले विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरी मनाएका हुन ।‘दिगो प्रकृतिमैत्री जीवनयापन : पृथ्वीको संरक्षण’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी विश्व वातावरण दिवस मनाउदै आएको पाइन्छ ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी बिजयी कुमारी प्रसाइले वातावरणको संरक्षण आजको आवश्यकता रहेको बताइन ।उनले विश्व वातावरण दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रकृतिको स्वभाविक सन्तुलन माथि नकारात्मक दबाब उत्पन्न गर्ने मानवीय क्रियाकलापका कारण पृथ्वीको पारिस्थितिक प्रणाली, वर्षाचक्र र जलवायु सन्तुलनमा अस्वाभाविक परिवर्तन आउन थालेको बताइन ।
त्यस्तै भु तथा जलधार ब्यवस्थापन कार्यालय जुम्लाका प्रमुख शिखर चपाँईले प्रकृतिका अन्य अवयवहरूको संरक्षण गर्दै सबैखाले प्राकृतिक स्रोतको दिगो उपभोगका लागि जीवनशैलीमा परिवर्तन ल्याउन आबश्य रहेको बताए । उनले हरियो बन नेपालको धन भन्ने मुलमर्मलाई मानवीय जीवन पद्दतिको रुपमा बिकास गर्नु पर्ने बताए । उनले भने जथाभाबी वनफाडनीले पहिरो जाने, बस्ती डुबानमा पर्नेजस्ता समस्या सिर्जना भएको छ ।उनका अनुसार जलवायु परिवर्तनका असरहरूलाई न्यूनिकरण गर्न वातावरणको संरक्षणमा ध्यान दिनका लागी चन्दननाथ नगरपालिकाको समन्वय र कर्णाली कला साँस्कृतिक संरक्षण मञ्च र भु तथा जलधार ब्यवस्थापन कार्यालयको आयोजनामा सडक नाटक प्रस्तुत गरिएको छ ।
त्यस्तै डिभिजन वन कार्यालय जुम्लाका प्रमुख दिनेश जंग खत्रीका अनुसार वाताबरण दिवसका अबसरमा जिल्लाको पुर्वमा पर्ने पातारासी गाउँपालिकामा देउडा गित प्रतियोगिता गरिएको छ । गितबाटै वाताबरण संरक्षणको सन्देश दिदै देउडा प्रतियोगिताको आयोजना गरिएको थियो ।
त्यस्तै तिला गाउँपालिकाले पनि वृक्षा रोपक्षण लगायतका कार्यक्रम गरी दिवस मनाएको जानकारी दिएको छ ।
त्यस्तै ,चन्दननाथ नगरपालिका वडा नं. २ र ३ स्थित ढाणथपला यूवाक्लबको आयोजनामा पर्यटकिय स्थल धिमीचौरको सरसफाई गरिएको २ नम्बर वडाध्यक्ष हेम बुढ्थापाले जानकारी दिए ।
उनले भने धिमीचौरमा पछिल्लो समय पर्यटकको चाप बढे संगै फोहार पनि बढेको थियो । त्यसैले यूवाक्लबको सक्रियतामा फोहोर संकलन गरिएको वडाध्यक्ष बुढ्थापाको भनाई छ ।त्यस्तै साथै एस.एन.भी नेपाल र मित्र समाजको साँझेदारीमा दिवसका अबसरमा चन्दननाथ नगरपालिकामा वाताबरण संरक्षण सम्बन्धी सन्देश प्रशारण तथा स्थानीयलाई फूलका विरुवा वितरण गरिएको छ ।
त्यस्तै पेश नेपाल जुम्लाले पनि दिवसरमा अबसरमा वृक्षारोपण गरेको छ ।
त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्यायरत विद्यार्थीहरुले पनि वाताबरण संरक्षण गरौ,रुख विरुवा जथाभावी नकाटौ भन्दौ बजारमा रयाली प्रर्दशन गरेका थिए ।
त्यस्तै वाताकरण संरक्षणका लागि डोजरे विकासको अन्त्य र वाताबरणीय प्रभाव मुल्यांकनको नीति निर्माण र कार्यान्वयनका जोड दिई वाताबरणमैत्री विकासमा गर्न नागरिक अगुवाले स्थानीयहलाई सुझाब दिएका छन् ।