जुम्लाका मृगौला पीडीत ३० वर्षिय खत्री आर्थिक अभावले घरमै छटपटाउदै


जुम्ला ः जुम्लाका मृगौला पीडीत आर्थिक अभावले घरमै छटपटाउदै आएका छन । जुम्लाको तातोपानी गाउँपालिका २ निवासी ३० वर्षिय मान बहादुर खत्री आर्थिक अभावले छटपटनईरहेका हुन । खत्रीका दुबै मृगौला फेल भए पछि हाल उपचार खर्च जुटाउन नसकेर घरमै बसिरहेका छन् ।
३० वर्षकै कलिलो उम्मेरमा दुबै मृगौला फेल भएका खत्रीले सबैको सानो सानो सहयोग पाए आफुले पुर्नजन्म पाउने आशा व्यक्त गरेका छन् ।उनले भने घरको आर्थिक अबस्था कमजोर भएको र दुबै मृगौला प्रत्यारोपणका लागि लाखौ रकम आश्यक पर्ने भएकोले सबै सहयोगी मनहरुलाई सहयोग गर्न अपिल समेत गरेका छन् । उनले भने,” मेरो घरमा छ वर्षको एक छोरा श्रीमती मात्रै मेरो साहारा छन् । आर्थिक अबस्था कमजोर छ । बाच्ने दृढ ईच्चा छ । तर दैवले गरिबलाई नै पीडा दिदो रहेछ । मेरा भगवानरुपि सम्पुर्ण देशविदेशमा रहेका,नेपाली आफन्तले मलाई बचाउने छन् भन्ने आश गरेको छु ।
खत्री घरको अवस्था कमजोर यसैमा पनि दुई मृगौला फेर्नुपर्ने चिकित्सकको सल्लाह भएपछि आर्थिक अभावले अहिले तातोपानी ३ डाँगीवाडा घरमै छटपटाईरहेका स्थानीय रामबहादुर रावलले बताए । उनले दैनिक पीडा भईरहेको छ, तर आर्थिक अभावले अस्पताल लिन नसकिरहेको र घरैमा राखिएको अवस्था छ ।

मृगौला पीडीत खत्रीलाई पुर्नजन्म दिन सहयोग गर्न चाहाने महानुभावले खत्रीको मोबाईल नम्बर ९७४९८४१३२४ मा सम्पर्क गर्न खत्रीले अनुरोध गरे । मेरो उपचारमा कसैले सहयोग गर्न चाहेमा सहयोगी महानुभावले पिडित खत्रीको सांग्रिला डेभलपमेन्ट बैंक जुम्ला शाखामा रहेको खाता नम्बर ०२८०१२००३०७७२७०००००१ मा सिधै रकम जम्मा गर्न सकिने भनि अनुरोध गरेका छन् ।
विरामी भएर नेपालका विभिन्न अस्पताल र भारतमा समेत जाँच गर्दा दुवै मृगौला काम नगर्ने भएपछि चैत महिनामा घर फर्किएको थिए । तर आर्थिक अभावले मृगौला राख्न चाहे पनि नसकिरहेको उनले बताए ।

खत्रीले अहिले नरम खाना जाउलो खाने गरेका छन । हिड्न धेरै हुदैन, घुडा सुनिने देखी विभिन्न प्रकारका समस्या देखिएका छन ् । शरिरमा पिडाछ । रातदिन दुखिरहेको शरिर कसरी सितल बनाउने थाहा छैन् । त्यसैले उपचारका लागि सहयोग गर्न सवैलाई अपिल गर्दछु, खत्रीले बताए । लामो समय देखी पिडित हुदा केही उपाए नलागेर घरमै छटपटाईरहेको छु, सरकार र सवै महानुभावहरुमा उपचार सहयोगका लागि अनुरोध गर्दछु ।

 

सम्बन्धित समाचार