उद्योग बाणिज्य संघ जुम्लाको तेस्रो जुम्ला महोत्सव : रैथानेबाली प्रर्बधनमा जोड

जुम्ला  : जुम्लामा तेस्रो जुम्ला महोत्सवको आयोजना गरिने भएको छ । उद्योगबाणिज्य संघ जुम्लाले कर्णालीको कला,सांस्कृति,भाषा साहित्यको संरक्षण,रैथाने बाली, पर्यटन तथा व्यापार प्रर्बधन र आर्थिक बृद्धीको लागी तेस्रो जुम्ला महोत्सवको आयोजना गर्न लागिएको हो ।
उद्योगबाणिज्य संघ जुम्लाले शुक्रबार पत्रकार सम्मेलन मार्फत आगामी भदौ १९ देखि २९ गते सम्म १० दिने तेस्रो जुम्ला व्यापार महोत्सवको आयोजना गरिने बताएको छ ।

त्यस्तै उद्योग बाणिज्य संघ जुम्लाका अध्यक्षका पुरीचन्द्र देवकोटाले जुम्लाको आर्थिक अवस्था बृद्धी र रैनाथे बालीमा जोड दिनका लागी महोत्सवको आयोजना गरिने भएको बताए ।उनले भने, कोभिडले थलिएको पर्यटन व्यवसाय र अर्थतन्त्रलाई उकास्न,जुम्लाको स्थानीय कला साँस्कृतिको संरक्षण,पर्यटन तथा रैथानेबालीको प्रर्बद्धन गरी आर्थिक समृद्धी हासिल गर्ने लक्ष्यका साथ तेस्रो जुम्ला महत्व गर्न लागिएको बताए ।

त्यस्तै भदौको महिना जुम्लामा स्याउको पाक्ने सिजन हो । स्याउको बजारीकरण गर्नका लागि पनि भदौ महिनामा महत्वस गर्न लागिएको बताइएको छ । महोत्सवमा अर्गानिक स्टलहरुलाई प्रथामिकता दिइने अध्यक्ष देवकोटाले बताए ।
त्यस्तै अध्यक्ष देवकोटाले भने ,“दर्शकलाई अर्गानिक स्वाद चखाउन अर्गानिक स्टल राखिने छ । भने,मनोरञ्जनका लागि स्थानीय तथ राष्ट्यि कलाकारको प्रस्तुती रहने छ । अझै साढे दुई महिना बाँकी रहेकाले महोत्वसलाई विगतको भन्दा व्यवस्थित गर्न महासंघको टिम पूर्वतयारीमा जुटीरहेको छौ ।

त्यस्तै कमजोर पूर्वतयारी,समन्वय सहकार्य नभएकै विगत पहिलो र दोस्रो महत्वसबाट घाटा व्यवहोर्नु परेको भन्दौ तेस्रो महत्वसलाई व्यवस्थित बनाउन बढी दर्शकको सहभागिता गराउन कलाकार छनोट देखि स्टल व्यवस्थापनमा ध्यान दिईने उद्योग बाणिज्य संघ जुम्लाका उपाध्यक्ष गणेश रोकायाले बताए ।उनले भने,“महोत्सव नाफा कमाउने माध्यम मात्र नभई रैथाने बालीको प्रर्बद्धन तथा बजारीकरण,व्यापार प्रर्बद्धन, जिल्लाको आर्थिक समृद्धीमा ईट्ट थप्ने अस्त्र हो । विगत दुई वर्ष कोरोना कहरमै बितेकोले थलिएको अर्थतन्त्र चलायमान बनाउन पनि महत्वसको आयोजना गरिने बताए ।

महोत्सवका माध्यम बाट स्थानीय कलाकार,भाषा,साहित्य,संस्कृति पहिरनको संरक्षण गरी पर्यटन प्रर्बद्धन गरिने छ ।विगतका वर्षमा प्रतिव्यक्ति टिकट एक सय रुपैया गरिएपनि यसपाली उक्त शुल्कलाई परिमार्जन गरिने छ । कोरोना कहरका कारण दुई वर्ष सम्म कुनै सार्वजानिक कार्यक्रम,मेला महोत्सवमा सहभागी हुन नपाएका जुम्ली नागरिक भदौमा महत्सव हुने कुराले उत्साहीत छन् ।

सम्बन्धित समाचार