जनताको आस्था मरेको न्यायपालिका सफल हुदैन : प्रधानन्यायधीस कार्की

जुम्ला  : सर्वोच्व अदालतका कायममुकायम प्रधानन्यायधीस दिपक कुमार कार्कीले जनताको आस्था मरेको न्यायपालिका असफल हुने बताए ।जुम्लामा द्धन्द्धकालमा जलेर नष्ट भएका सुर्खेत जुम्ला उच्च अदालत र जिल्ला अदालत जुम्लाका संयुक्त दुईवटा भवन उद्धाटन गर्न जुम्ला पुगेको उनले यस्तो बताएका हुन । न्यायपालिका जन्ताको आस्थाको धररा हो । उनले भने, देशमा संबिधान पनि छ , कानुनु पनि छ, केही न्यायपालिका परिबर्तन समेत भएको छ । उनले थपे,नेपालमा जनपक्षिय न्याय थप सुदृढ गर्न सर्वोच्व अदालतले शुरु गरेको छ ।
कामु प्रधानन्यायधीस कार्कीले मुद्दाको दर्ता देखी फैसला सम्म मात्रै नभई त्यसबाट आउने सकारात्मक प्रतिफलबाट नागरिकले न्याय पाउनेमा जोड दिए ।उनले सर्वोच्व अदालतमा अहिले धेरै मुद्दा हुने भएकाले गोला प्रथाबाट शुरु गरिएको बताए । उनले अव स्वचालित मेशिनबाट मुद्दा हेर्न शुरु भएको छ । कामु प्रधानन्यधीस कार्कीले छिटो छरितो, निश्पक्ष र प्रभावकारी ढंगबाट न्यायसेवा दिन आजको आवश्यकता भएकाले कर्णालीमा पनि सो अनुसारको सेवा दिन न्यायधीसलाई निर्देशन समेत गरे ।उनका अनुसार न्यायलयको क्षेत्रमा मात्रै नभइ ,सबै सेवा दिने कार्यलयमा जन्तामैत्रि सेवा दिन जरुरी रहेको बताए ।

त्यस्तै सर्वोच्व अदालतका बरिष्ठतम न्यायधीस हरिकृष्ण कार्कीले सर्वोच्व अदालतले सजिलो बनाउन मुद्दाको बर्गिकरण गरेको बताए ।उनले भने मुदा ६ महिना एक बर्ष र डेड बर्ष कतिमा कुन मुद्दा हेर्ने त्यसको बर्गिकरण गरिएकाले अव ध्यान दिनुपर्ने जरुरी छ । उनले भने,“सर्वोच्व अदालतले वनाएको कार्ययोजना सम्पन्न गर्न नागरिकको समेत सहयोग आवश्यक रहेको छ ।

त्यस्तै सुर्खेत जुम्ला उच्च अदालत ईजलास सुर्खेतका प्रमुख न्यायधिस शेषराज शिवाकोटीले अव संरचना बन्दैमा सबै थोक नपुग्ने बताए । उनले भौतिक संरचना संगै दक्षजनशक्ति पनि आबश्यक रहेको बताए । उनले सेवालाई सजिलो बनाउन सवै लाग्नुपर्नेमा जोड दिए ।

त्यस्तै भौतिक संरचनानै जलेपछि लामो समय साँघुरो स्थानबाट दिईएको सेवा अव फराकिलो हुने भएको छ । सुर्खेत जुम्ला उच्च अदालत जुम्लाका न्यायधीस श्रीमण कुमार गौतमले संरचना बनेपछि अव काम गर्न फाराकिलो हुने बताए ।उनले सुर्खेत जुम्ल उच्च अदालत ईजलासको तीन करोड २२ लाख १३ हजार सात रुपैया लागतमा २४ कोठे आधुनिक भवन निर्माण भएको बताए
त्यस्तै जिल्ला अदालत जुम्लाका न्यायधीस जवाहर प्रसाद सिंहले जिल्ला अदालत जुम्लाको भवन निर्माण ४ करोड २१ लख ४३ हजार लागतमा २० कोठे भवन निर्माण सम्पन्न भएको बताए ।

त्यस्तै जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्कीले दुर्गममा १२ महिना न्यायधीस बस्ने बाताबरण बनाउन कामु प्रधानन्यायधिसलाई आग्रह गरे ।

त्यस्तै चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायतले स्थानीय तहले समेत न्याय सम्पादन गर्ने अधिकार समेत भएकाले सचेतना कार्यक्रम गर्न आवश्यक रहेको बताए । उनले भने स्थानीयतहले न्यायसम्पदान गर्न सकोकेको बिषयमा अनुगमन गर्ने नियकाय जिल्ला अदातल हो । हामी महिलाका मुदालाई सम्बोधन गर्नका लगी सहकार्य गर्ने बताए ।

त्यस्तै अधिवक्ता मिनबहादर महतले २०३५ सालमा स्थापना भएको पुनरावेदन अदालत ०६९ सालमा जलपछि आज आधुनिक रुपमा स्थापना भएपछि खुशी व्यक्त गरे । उनले दन्द्धमा कार्यालय जलेपछि न्यायधिसको क्वाटरमा ईजलास चलाउनु परेको वाध्यताको स्मरण गरे । उनले भने, संरचना मात्रै भएर होईन न्यायधीस चार महिना मात्रै कर्णाली बस्ने विषयको परिपाटी अन्त्ये गर्न कायममुकाय प्रधानन्यायधीस कार्कीलाई अनुरोध गरे ।

बि.सं २०५९ साल कार्तिक २८ गते माओवादी शशस्त्र यूद्धका समयमा जुम्ला आक्रमण हुदा जलेको तत्कालिन पुनरावेदन अदालत (हालको सुर्खेत जुम्ला उच्च अदालत ईजलास र जिल्ला अदालत जुम्लाको निर्माण गरिएको आधुनिक भवन उद्धाटन गर्न जुम्ला पुगेका सर्वोच्व अदालतका कायममुकायम प्रधानन्यायधीस दिपक कुमार कार्कीको टोलि बुधबार जुम्लाको चन्दननाथ भैरवनाथ मिन्दिर दर्शन र कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान समेत अवलोकन गरेका हुन ।

सम्बन्धित समाचार