पातारासी गाउँपालिका अध्यक्षमा कांग्रेसका बोहरा र उपाध्यक्षमा माओवादीकी रोकाया बिजयी

जुम्ला ःजुम्लाको पातारासी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका पूर्णसिंह बोहरा बिजयी भएका छन भने, उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका जुनमाया रोकाया बिजयी भएकी छन । अध्यक्ष बोहराले दुई हजार सात सय ६८ मत प्राप्त गरेका छन ,। भने उपाध्यक्षमा माओवादीका रोकायाले दुई हजार सात सय ५४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अध्यक्षमा प्रत्यासी नेकपा माओवादीका हरिबहादुर बुढाले दुई हजार छ सय ६८ मत प्राप्त गरेका छन ।
त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका शान्तिले बुढा दुई हजार चार सय ६३ मत ल्याएर पराजित भएकी हुन ।

पातारासीमा २०७४ सालमा अध्यक्षयमा कांग्रेका लक्षिमन बोहरा र काँग्रेसकै पुन्नकली महतारा उपाध्यक्ष बिजयी भएका थिए ।जिल्ला निर्वाचन कार्यालयका अनुसार पातारासी गाउँपालिकामा ६हजार ३ सय ३३ मत खसेको थियो ।

सम्बन्धित समाचार