जुम्लाको हिमा गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका शाही विजयी
जुम्ला ःहिमा गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका लक्ष्मण शाही विजयी भएका छन । नेकपा माओवादि केन्द्रका अमरजंग शाहीलाई पराजित गर्दै लक्ष्मण शाही विजयी भएका हुन । लक्ष्मण शाहीले एक हजार ८ सय ७२ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिद्धोन्दि
माओवादी केन्द्रका अम्मराज शाहीले एक हजार ४ सय २३ मत ल्यायर पराजित भएका हुन ।
उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी सुर्पना शाही विजयी भएकी छन् । उनले एक हजार ५सय १८ मत ल्याएकी छन् भने उनको प्रतिद्धोन्दि नेकपा माओवादी केन्द्रकी कल्पना दमाईले एक हजार ४ सय ८९ मत ल्याएकी हुन ।
विजयी भएका शाही नेपाली कांग्रेसका जिल्ला पाटी सचिव हुन् ।२०७४ मा लक्ष्मण शाहीले झिनो मतले गाउँपालिका अध्यक्षमा पराजित भएका थिए । लक्ष्मण शाही लामो समय देखि नेपाली काँग्रेसको राजनीतिकमा सक्रिय थिए ।







