२४ घण्टा पछी आगलागी नियन्त्रण

सुर्खेत । अम्विकादेबी सामुदायीक वनमा लागेको आगो करिव २४ घण्टा पछी नियन्त्रणमा आएको छ ।
वीरेन्द्रनगर नगरपालिका वडा नम्वर ११ मा रहेको उक्त वनमा विहिवार करिव १० बजेतिर लागेको आगो शुक्रबार करिव १० बजेतिर नियन्त्रणमा आएको हो ।
आगलागी भएको थाहा पाएपछि नेपाल आर्मि लगाए वन उपभोक्ता समितिको टोली र गाउँले सवै आगो निभाउन खटिएको र करिव २४ घण्टा पछी आगो नियन्त्रणमा आएको अम्वीकादेबी सामुदायीक वनकी सचिव अञ्जली शर्माले जानकारी दिईन । आगलागी बाट कुनै पनि मानवीय क्षती भने नभएको उनले जानकारी दिईन ।
पछिल्लो समय सुर्खेत लगाएतका आसपासका क्षेत्रमा आगलागी अत्याधिक रुपमा बढेको छ ।








