दैलेखमा सकेट वम भेटियो

दैलेखको आठबिस नगरपालिका–६ रोलमा  सकेट वम भेटिएको छ । आइतबार दिउँसो २ बजे उक्त वम भेटिएको प्रहरी जनाएको हो ।

वम भएको आशंकामा स्थानीयले प्रहरीलाई खबर गरेका थिए । दैलेखका प्रहरी नायव उपरीक्षक भुवनेश्वर शाहले स्थानीयले बारी खनजोत गर्ने क्रममा सकेट बम भेटेको जानकारी दिए । शाहका अनुसार वम भेटिएको स्थलमा नेपाली नेपाली सेना, नेपाल प्रहरीसहितको टोली पुगेको छ ।

रोलमा युद्धकालीन अवस्थामा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीको ब्यारेक बसेको थियो । तत्कालीन समयमा जमिनमुनि लुकाइएको वम अहिले भेटिएको हुनसक्ने आशंका गरिएको प्रहरी नायव उपरीक्षक शाहले बताए । २०६७ सालमा यहाँबाट ब्यारेक हटाइएपछि अहिलेसम्म ४ वटा बम निष्क्रिय पारिसकिएको छ ।

सम्बन्धित समाचार