जुम्लामा ६ महिला मतदान अधिकृत

जुम्ला ः स्थानीय तह निर्वाचनका लागि जुम्लाका ६ जना महिलालाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ ।स्याउसुपोर जोन कार्यलयकी प्रमुख गंगा कुमारी पोखरेललाई जिल्ला हुलाक कम्पाण्डको मतदान मतदान केन्द्रमा अधिकृतको जिम्मेवारी दिइएको छ । त्यस्तै चन्दननाथ नगरपालिकामा कार्यरत्त चण्डिका चौलागाई चन्दननाथ नगरपालिका ४मा भारती स्थित अशोक अधारभुत बिद्यालयमा रहेको मतदान केन्द्रमा अधिकृत तोकिएको छ ।
त्यस्तै पातारासी गाउपालिकामा कार्यरत्त बिमा रोकायालाई भैरव माबि धुपिढुस्कामा रहेको मतदान केन्द्रमा खठाइएको छ ।
त्यस्तै तिलागाउ्रँपालिकामा कार्यरत्त जानकी हितान लाई श्री शम्भुनाथ ज्ञानकुञ्ज अधारभुत बिद्यालयमा रहेको मतदान केन्द्रमा अधिकृत तोकिएको छ ।त्यस्तै जुम्ला जिल्ला अदालतमा कार्यरत्त बेतुना राईलाई संशर आधारभुत बिद्यालय लोर्पामा रहेको मतदान केन्द्रमा पठाइएको छ ।त्यस्तै तिलागाउँपालिमा कार्यरक्त झनमाया खत्रीलाई भैरवमावि नराकोटको मतदान केन्द्रमा अधिकृत तोकिएको हो । सुख्य निर्वाचन अधिकृतको कार्यलयले प्रकाशन गरेको निर्वाचनमा खटिने कर्मचारीको शुचि अनुसार जुम्लामा यसपटकको मतदानका लागि १४ प्रतिशत मात्रै महिला परिचालन भएको सहायक निर्वाचन अधिकृत तोयनाथ उपाध्यायले बताए ।

जुम्लामा दुईसय चार जना मतदान अधिकृत र सहायक मतदान अधिकृत सहित कर्मचारी खटिएका छन् ।मुख्य निर्वाचन कार्यालयका अुसार जिल्लाका १०२ मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत सहित ४९६ कर्मचारी खटिएका छन् ।

मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत तोयानाथ उपाध्यायका अनुसार जिल्लाका ७९ मतदान स्थलका १०२ मतदान केन्द्रमा खटिने कर्मचारी समेत छनौट गरिएको छ । उनका अनुसार पाँच सय भन्दा माथी मतदाता भएका मतदान केन्द्रमा ५ जना र पाँचसय भन्दा मुनी मतदाता भएका केन्द्रमा ४ जना कर्मचारी खटाएको छ ।

जिल्ला निर्वाचन अधिकारी महेश शर्माका अनुसार जिल्लामा ८८ मतदान केन्द्र पाँचसय भन्दा बढी मतदाता र १४ वटा कम मतदाता छन् । सोही मापदण्ड अनुसार जिल्लामा कर्मचारी परिचालन हुने भएका छन् ।
प्रत्यक केन्द्रमा कर्मचारी सहित ३ जना स्वयंसेवक खटिने भएका छन् । त्यसको जिम्मेवारी मतदान अधिकृतकै हुने छ । कार्यालय प्रमख शर्माले मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिम संचालन गरिसकेको बताए

सम्बन्धित समाचार