बलात्कारका आरोपित बाँनियाका आफन्तबाट पीडितलाई ज्यान मार्ने धम्की

जुम्ला : मुगुका सांसद मोहन बाँनिया पाँच लाख धरौटीमा छुटे पछि उनका आफन्तले पीडितलाई ज्यान मार्ने धम्की दिन थालेका छन । बलात्कारको आरोपमा थुनिएका सांसद बाँनियालाई जिल्ला अदालत बाँकेले पाँच लाख धरौटीमा छुटाएको छ । अहिले पिडितलाई ज्यान मार्ने  धम्की आउन थालेको छ ।

पहिले आफन्तले पीडित महिलालाई बयान फेर्न दबाब दिएका थिए तर बकपत्र भईसकेपछि ज्यान मार्ने धम्की दिन थालेका छन् । पिडितका अनुसार सामाजिक संजाल तथा टेलिफोनबाट बानियाका आफन्तले बयान फेर्न दवाब दिने गरेका थिए । आफु पिडित भएकाले बयान परिर्वतन हुने कुरा भएन, अहिले धम्की आउन थालेको पिडितले भनिन । टेलिफोनमा अव ज्यानको बाजी राख है भनेर फोनबाट ज्यान मार्ने धम्की आएकाले तनाब थप बढेको बताईन ।

पिडितका अनुसार बयान अघि वानियाका आफन्त नरेन्द्रबहादुर रावलको सामाजिक सञ्जालको मेसेन्जरबाट “बयान चेन्ज गर्न सकिन्छ कि हजुर, के छ कुरो र कुलो जता लायो उतै जाने हो” भन्ने प्रकारको म्यासेज आएको र फोनबाट दवाव समेत दिएका थिए । उनका अनुसार यति मात्रै नभई सुर्खेतमा सांसद दानसिंह परियार सहितको टिम माईति घरमा गएर मिल्न दावाव पनि दिएका थिए । तर अहिले म पीडित भएकाले कानुनी रुपमा अगाडी बढेपछि ज्यान मार्ने  धम्कि आउन थालेका छन् ।

२०७८ फागुन १६ गते पक्राउ परेका बानिया विरुद्ध नेपालगञ्जको अप्सरा होटलमा एक महिलालाई जबर्जस्ती करणी गरेको उजुर परेको थियो । बानियाँलाई सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५, नियम २४४ को उपनियम ३ बमोजिम निलम्बन गरेका थिए ।पिडित महिलाले अहिले अदालतले उनलाई रु पाँचलाख धरौटीमा रिहाई गरेको बिषय अन्याय भएको बताएकी छन ।उनले उच्च अदालत वाँकेमा ७३ नम्बरको निवेदन पुन लगाईएको जानकारी दिईन । उनले भनिन,‘ एक त आफु अन्यायमा छु त्यसैमा वानियाका आफन्तबाट दबाब आउन थालेकाले आफु झन असुरक्षित महशुस भइरहेको छ ।

पीडित महिलाले भनिन,७३ नम्बरको निवेदनले आफुलाई न्याय दिने छ ।आवश्यक प्रमाणहरु समेत पेस गरेको छु ।उनले भनिन,‘मेरो माइतीलाई समेत सबै ऐमालेको पाटी  लागेर मिलाउन दबाब दिइएको थियो । तर महिले नमाने पछि अहिले ज्यान मार्ने धम्की समेत दिएको छ । यस कारणले म असुरक्षित भएकी छु ।
फैसला नहुदै संसद छिर्ने प्रयास
प्रतिनिधि सभाका निलम्बित सांसद मोहन बानियाँ पदबहालीको निवेदन सहित एक महिना अघि संसद् सचिवालय पुगेपछि संसद सचिवालयमा हलचल भएको थियो ।
बलात्कारको आरोपमा थुनिएर पाँच लाख धरौटीमा छुटेका प्रतिनिधिसभाका निलम्बित सांसद मोहन बानियाँ पदबहालीको निवेदनसहित एक महिना अघि संसद सचिवालयमा पुगेका थिए । सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार उनी सचिवालयमा निवेदन लिएर आएका थिए । उनले भने, उनको निवेदन दर्ता गरिएको छैन । उनले भने, उनी आउदैमा हामीले निवेदन दर्ता गर्न मिल्दैन हामी कानुनी ब्यस्था अनुसार अगाडी बढ्ने छौ ।
त्यस्तै बाँके जिल्ला अदालतले चैत २ गते धरौटी राखी तारेकमा छोडेको थियो । तर बानियाले आफु फुक्काफाल भएको भन्दै बानेश्वर पुगेको पाइएको छ । मुगुको खत्याड गाउँपालिका–३ का बासिन्दा बानियाँ एमालेका समानुपातिक सांसद हुन ।
सामान्य बुझाइ र प्रचलनअनुसार बलात्कार जस्तो आरोप खेपेका सांसदविरुद्ध मुद्दाको अन्तिम फैसला नहुन्जेल सम्म निलम्बन कायम रहनु पर्ने हो । तर, उनी आदेश पत्रको फोटोकपी बोकेर प्रतिनिधिसभा सचिवालयमा पुगेको खबरले कानून मिच्ने प्रयास गरिएको र शक्तिको दुरउपयोग गर्दै आएको पिडितको आरोप छ ।

सम्बन्धित समाचार